दिपायल – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका २ सय ५४ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । प्रदेशका ९ वटा जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीमध्य २ सय ५४ जनाले निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।
प्रदेशका ९ वटा कारागारहरुमा ११ सय ७७ जना कैदीबन्दीहरु छन् । उनीहरुमध्य अस्थायी मतदाता नामावलीमा नाम भएकाहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सामानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । कैदीबन्दी लगायत सरकारी र्कचारीहरुलाई मतदान गर्न सम्बन्धित जिल्लाको जिल्ला कारागारमा मतदान केन्द्र तोकिएको छ ।
जिल्ला कारागार डोटीका ६१ जना कैदीबन्दीमध्य २० जनाको अस्थायी मतदाता नामावलीमा नाम समावेश भएको कारागार प्रमुख जेलर लाल बहादुर बोगटीले जानकारी दिनुभयो । कैदीबन्दी लगायत कर्मचारीहरुका लागि कारागारमै मतदान केन्द्र तोकिएको उहाँले बताउँनु भयो ।
सबैभन्दा बढी एक सय ६० जना कैदीबन्दीहरु रहेको कैलाली जिल्ला कारागारका ३५ जनाले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय कैलालीका निर्वाचान अधिकारी प्रेरराज भट्टले बताउनु भयो । डडेल्धुरा कारागारमा रहेका एक सय १२ जना कैदीबन्दीहरुमध्य ४६ जनाले सामानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी करुणाकर ओझाले बताउनु भयो ।
त्यस्तै, बाजुरा कारागारमा रहेका १ सय १२ जना कैदीबन्दीहरुमध्य ४७ जनाको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिएको छ । बझाङ कारागारमा ७० जना कैदीबन्दीहरु रहेका छन् जसमध्य ३८ जनाको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिएको छ । अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका ३८ जना मध्य २ जना कैदीबन्दीले सफाइ पाएका कारण ३६ जनाले मात्र मतदान गर्ने कारागार प्रमुख जेलर धन बहादुर घर्तीले बताउनु भयो ।
अछाम जिल्लाको कारागारमा ८५ जना कैदीबन्दीहरु रहेका छन् । जसमध्य अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका ७ जनाले मतदात गर्न पाउने छन् । त्यस्तै, बैतडीका ७३ जना कैदीबन्दीमध्य ५ जनाले मतदान गर्न पाउने भएका छन् ।
४ सय ३० जना कैदीबन्दी रहेको कञ्चनपुर कारागारका ३३ जना र ४९ जना कैदीबन्दी रहेको दार्चुला कारागारका २५ जनाले मतदान गर्न पाउने त्यहाँ स्थित निर्वाचन कार्यालयले जनाएको छ ।
२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...
सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...
खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...