२०८३ श्रावण ९
July 25, 2026, Saturday

सुदूरपश्चिमका २ सय ५४ जना कैदीबन्दीले मतदान गर्न पाउने

Advertisement

दिपायल – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका २ सय ५४ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । प्रदेशका ९ वटा जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीमध्य २ सय ५४ जनाले निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।

प्रदेशका ९ वटा कारागारहरुमा ११ सय ७७ जना कैदीबन्दीहरु छन् । उनीहरुमध्य अस्थायी मतदाता नामावलीमा नाम भएकाहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सामानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । कैदीबन्दी लगायत सरकारी र्कचारीहरुलाई मतदान गर्न सम्बन्धित जिल्लाको जिल्ला कारागारमा मतदान केन्द्र तोकिएको छ ।

जिल्ला कारागार डोटीका ६१ जना कैदीबन्दीमध्य २० जनाको अस्थायी मतदाता नामावलीमा नाम समावेश भएको कारागार प्रमुख जेलर लाल बहादुर बोगटीले जानकारी दिनुभयो । कैदीबन्दी लगायत कर्मचारीहरुका लागि कारागारमै मतदान केन्द्र तोकिएको उहाँले बताउँनु भयो ।

सबैभन्दा बढी एक सय ६० जना कैदीबन्दीहरु रहेको कैलाली जिल्ला कारागारका ३५ जनाले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय कैलालीका निर्वाचान अधिकारी प्रेरराज भट्टले बताउनु भयो । डडेल्धुरा कारागारमा रहेका एक सय १२ जना कैदीबन्दीहरुमध्य ४६ जनाले सामानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी करुणाकर ओझाले बताउनु भयो ।

त्यस्तै, बाजुरा कारागारमा रहेका १ सय १२ जना कैदीबन्दीहरुमध्य ४७ जनाको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिएको छ । बझाङ कारागारमा ७० जना कैदीबन्दीहरु रहेका छन् जसमध्य ३८ जनाको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिएको छ । अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका ३८ जना मध्य २ जना कैदीबन्दीले सफाइ पाएका कारण ३६ जनाले मात्र मतदान गर्ने कारागार प्रमुख जेलर धन बहादुर घर्तीले बताउनु भयो ।

अछाम जिल्लाको कारागारमा ८५ जना कैदीबन्दीहरु रहेका छन् । जसमध्य अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका ७ जनाले मतदात गर्न पाउने छन् । त्यस्तै, बैतडीका ७३ जना कैदीबन्दीमध्य ५ जनाले मतदान गर्न पाउने भएका छन् ।

४ सय ३० जना कैदीबन्दी रहेको कञ्चनपुर कारागारका ३३ जना र ४९ जना कैदीबन्दी रहेको दार्चुला कारागारका २५ जनाले मतदान गर्न पाउने त्यहाँ स्थित निर्वाचन कार्यालयले जनाएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP