२०८३ भाद्र २
August 18, 2026, Tuesday

बझाङमा निर्वाचन उच्च सुरक्षा सतर्कता

बझाङ- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो। निर्वाचनको तयारीका विषयमा पालिका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र उम्मेदवारका प्रतिनिधिसहितको कार्यक्रममा जिल्लामा निर्वाचनलाई लक्षित गरेर विशेष  सुरक्षा योजना बनाएको बताउनुभयो। 

Advertisement

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धादलीरहित बनाउनका लागि सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने भन्दै पालिका प्रमुखलाई समेत निष्पक्ष भएर निर्वाचनलाई सघाउन आग्रह गर्नुभयो। उहाँले जिल्लामा संवेदनशील मतदानस्थलको वर्गीकरण र सोही अनुसारको सुरक्षा योजना बनाएको, निर्वाचनमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको परिचालनलाई प्रभावकारी बनाएको बताउनुभयो। निर्वाचनका बेला अप्रिय घटना हुन नदिन जिल्लामा मदिरा निषेध गर्नुका साथै घरेलु हातहतियारको प्रयोगमा संवेदनशील भएको उहाँको भनाइ छ।

मतपेटिकाको ढुवानी कार्ययोजना निर्माण, मतदानस्थलको अनुगमन र पूर्वाधार व्यवस्थापनसमेत भएकोले निर्वाचनलाई शान्तापूर्वक सम्पन्न गर्नका लागि घुम्ती टोली तथा समर्पक व्यक्तिको व्यवस्थापन गरेकोसमेत बताउनुभयो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा शान्तापूर्वक र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि स्थानीय सरकार, उम्मेदवार र आम नागरिकको सहयोगको अपेक्षा गरिएको बताउनुभयो। 

आचारसंहिताको पालना, निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निकायसँग समन्वयलाई जोड दिएको छ। जिल्लाको साईपाल गाउँपालिकासहित अन्य केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी लगायतका मतदान सामग्री पठाउने काम भइरहेको छ। सदरमुकाम चैनपुर नजिकै रहेको सुर्मा गाउँपालिका र सदरमुकाम चैनपुर रहेको जयपृथ्बी नगरपालिकामा मंसिर १ गते पठाउने र बाँकी पालिकामा मंसिर १ गते पुग्ने तयारी भइरहेको छ।  

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP