
डोटी– भूकम्प पडीडीतहरुलाई पुर्नस्थापनाको एजेण्डा प्राथमिकतामा राख्ने नेपाली कांग्रेस प्रदश क का उम्मेदवार नरेन्द्र बहादुर सिंहले बताएका छन् । आदर्श गाउँपालिकामा चुनावी प्रचार प्रसार गर्ने क्रममा सिंहले सो कुरा बताएका हुन् ।
‘सयौं परिवार घरबार बिहीन भएका छन्, उहाँहरुको बिचल्ली भएको छ’, सिंहले भने, ‘सोही बिषयमा प्रधानमन्त्री शेर बहादुर देउबासंग पनि २ पटक कुरा गरिसकेको छु , उहाँले सरकारका तर्फबाट पीडीतहरुको पुर्नस्थापनाका लागि प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।’
प्रदेश सरकार र संघिय सरकार गठबन्धनकै हुने भएकाले पनि आफुलाई पीडीतहरुका पक्षमा बोल्न सहज हुने बताए । झुटो आश्वासन र चुनावका बेला अनेकौं ढोंग गर्न आफुले नजानेको बताउदै सिंहले पीडीतहरुको क्षतीबिबरण बारे बिस्तृत सर्भेपछि पुर्नस्थापनाका लागि तयारी सरकारले गर्ने जानकारी दिए । ‘यसबारे म नियमीत सम्पर्कमा छु , केन्द्रबाट १० जना प्राबिधीकहरु केही दिनमै आएर सर्भे गर्ने काम सुरु गर्नु हुन्छ’, सिंहले भने ।
डोटीमा २ हजार भन्दा बढी घरमा २२ गते राती आएको भूकम्पले क्षती पु¥याएको छ । उनीहरु घरबाहिर खुला आकाशमा त्रिपालमुनी बस्न बाध्य रहेका छन् ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...