२०८३ श्रावण ९
July 25, 2026, Saturday

भूकम्प पीडीतको पुर्नस्थापनाका लागि पहल गर्छु : सिंह

डोटी– भूकम्प पडीडीतहरुलाई पुर्नस्थापनाको एजेण्डा प्राथमिकतामा राख्ने नेपाली कांग्रेस प्रदश क का उम्मेदवार नरेन्द्र बहादुर सिंहले बताएका छन् । आदर्श गाउँपालिकामा चुनावी प्रचार प्रसार गर्ने क्रममा सिंहले सो कुरा बताएका हुन् ।

Advertisement

‘सयौं परिवार घरबार बिहीन भएका छन्, उहाँहरुको बिचल्ली भएको छ’, सिंहले भने, ‘सोही बिषयमा प्रधानमन्त्री शेर बहादुर देउबासंग पनि २ पटक कुरा गरिसकेको छु , उहाँले सरकारका तर्फबाट पीडीतहरुको पुर्नस्थापनाका लागि प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।’

प्रदेश सरकार र संघिय सरकार गठबन्धनकै हुने भएकाले पनि आफुलाई पीडीतहरुका पक्षमा बोल्न सहज हुने बताए । झुटो आश्वासन र चुनावका बेला अनेकौं ढोंग गर्न आफुले नजानेको बताउदै सिंहले पीडीतहरुको क्षतीबिबरण बारे बिस्तृत सर्भेपछि पुर्नस्थापनाका लागि तयारी सरकारले गर्ने जानकारी दिए । ‘यसबारे म नियमीत सम्पर्कमा छु , केन्द्रबाट १० जना प्राबिधीकहरु केही दिनमै आएर सर्भे गर्ने काम सुरु गर्नु हुन्छ’, सिंहले भने ।

डोटीमा २ हजार भन्दा बढी घरमा २२ गते राती आएको भूकम्पले क्षती पु¥याएको छ । उनीहरु घरबाहिर खुला आकाशमा त्रिपालमुनी बस्न बाध्य रहेका छन् ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP