
दिपायल– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार सुदूरपश्चिम पुग्नु भएको छ । नेपाली कांग्रेस कैलालीका सभापति नारायण भट्टका अनुसार उहाँ मंगरबार साँझ धनगढी पुग्नु भएको हो ।
मंगलबार धनगढी बसेर प्रधानमन्त्री देउवा बुधबार गृहजिल्ला डडेल्धुरा जानु हुने छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि उहाँ पुनः सुदूरपश्चिम आउनु भएको हो ।
नेपाली कांग्रेस डडेल्धुराका अनुसार उहाँले बुधबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृह प्रदेशका विभिन्न जिल्लामा पुग्नु भएको थियो ।



