
दिपायल – अछामको बाब्ला केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निटिउडको भूकम्प गएको छ । मंगलबार ६ बजेर ८ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजु शर्माले जानकारी दिए।
एक हप्ताको अवधिमा सुदूरपश्चिममा ६ सय २८ बढी भूकम्पको तरंग महसुस गरिएको उनले बताए। सुदूरपश्चिम प्रदेशमा एक हप्तामा ४ म्याग्निटिउड भन्दा माथिका पाँच वटा भूकम्प गएका छन्।



