२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

सुदूरपश्चिम प्रदेशका सीमानाकाहरु ७२ घण्टा बन्द हुने

निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका सुदूरपश्चिम प्रदेशका सिमा नाका नाकाहरु तीन दिन बन्द हुने भएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि मंसिर १ गते राती १२ बजे देखी सीमा नाका तीन दिन बन्द जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेका छन् ।

Advertisement

कैलालीसँग जोडिएको नेपाल भारत सीमानाका प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ गते राति १२ बजेदेखि बन्द हुने भएको छ । निर्वाचन सुरक्षालाई सुदृढ बनाउनका लागि स्थानीय प्रशासनले तीन दिनसम्मका लागि नाका बन्द गराउन लागेको जनाइएको छ । 

Advertisement

मङ्सिर ४ गते राति १२ बजेसम्म नाका बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । कैलालीमा नेपाल–भारत सीमानाका १०१ किलोमिटर रहेको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द रहने जोशीले बताउनुभयो । 

झुलाघाट नाका तीन दिन बन्द 

बैतडी समाचारदाताका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा तीन दिन (७२ घण्टा)का लागि आवागमन बन्द हुने भएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको हो ।

मङ्गलबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको झुलाघाट नाकासहित सम्पूर्ण सीमानाका मङ्सिर १ गते राति १२ः बजेदेखि मङ्सिर ४ गते राति १२ः बजेसम्म बन्द हुने जनाएको छ । 

यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्रदान हुँदै आएका अत्यावश्यकबाहेकका सबै सेवा बन्द भएको जनाएको छ । कार्यालयमा कार्यरत कर्मचारी प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि खटिएपछि २९ गतेबाट प्रशासन कार्यालयका सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । मङ्गलबार सूचना जारी गरेर प्रशासनले सेवा बन्द भएका जनाएको हो । 

प्रशासन कार्यालयका कर्मचारी निर्वाचनका लागि खटिएपछि कार्यालयमा जनशक्ति अभावले सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । अर्काे सूचना प्रकाशन नभएसम्मका लागि दैनिक सेवा प्रवाह रोकिएको उहाँले बताउनुभयो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ कार्तिक ३०, बुधबार १०:३९

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ कार्तिक ३०, बुधबार १०:३९

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ कार्तिक ३०, बुधबार १०:३९

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP