Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

सुदूरपश्चिम प्रदेशका सीमानाकाहरु ७२ घण्टा बन्द हुने

निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका सुदूरपश्चिम प्रदेशका सिमा नाका नाकाहरु तीन दिन बन्द हुने भएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि मंसिर १ गते राती १२ बजे देखी सीमा नाका तीन दिन बन्द जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेका छन् ।

Advertisement

कैलालीसँग जोडिएको नेपाल भारत सीमानाका प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ गते राति १२ बजेदेखि बन्द हुने भएको छ । निर्वाचन सुरक्षालाई सुदृढ बनाउनका लागि स्थानीय प्रशासनले तीन दिनसम्मका लागि नाका बन्द गराउन लागेको जनाइएको छ । 

Advertisement

मङ्सिर ४ गते राति १२ बजेसम्म नाका बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । कैलालीमा नेपाल–भारत सीमानाका १०१ किलोमिटर रहेको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द रहने जोशीले बताउनुभयो । 

झुलाघाट नाका तीन दिन बन्द 

बैतडी समाचारदाताका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा तीन दिन (७२ घण्टा)का लागि आवागमन बन्द हुने भएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको हो ।

मङ्गलबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको झुलाघाट नाकासहित सम्पूर्ण सीमानाका मङ्सिर १ गते राति १२ः बजेदेखि मङ्सिर ४ गते राति १२ः बजेसम्म बन्द हुने जनाएको छ । 

यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्रदान हुँदै आएका अत्यावश्यकबाहेकका सबै सेवा बन्द भएको जनाएको छ । कार्यालयमा कार्यरत कर्मचारी प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि खटिएपछि २९ गतेबाट प्रशासन कार्यालयका सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । मङ्गलबार सूचना जारी गरेर प्रशासनले सेवा बन्द भएका जनाएको हो । 

प्रशासन कार्यालयका कर्मचारी निर्वाचनका लागि खटिएपछि कार्यालयमा जनशक्ति अभावले सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । अर्काे सूचना प्रकाशन नभएसम्मका लागि दैनिक सेवा प्रवाह रोकिएको उहाँले बताउनुभयो ।

Related News

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
  • २०८३ आश्विन ८, बिहीबार १४:०६

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडक आज बिहिबारदेखि आइतबारसम्म रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।...

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
  • २०८३ आश्विन ८, बिहीबार १३:५२

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ...

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

TOP