२०८२ माघ १०
January 23, 2026, Friday

सुरक्षा निकायको रिपोर्टमा यस्तो छ चुनावी आँकलन, सुदूरपश्चिमका २ निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा

काठमाडौं – चुनावी परिणामबारे अनेकन अड्कलबाजी र अनुमान गरिए पनि सुरक्षा स्रोतले यसपटक कुनै पनि पार्टीको अपेक्षित सिट संख्या नआउने आँकलन गरेको छ ।

Advertisement

आगामी आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको चुनावी नतिजाको सुरक्षा स्रोतले पूर्वानुमान गर्दै प्रधानमन्त्री र मूख्य सचिवलाई बुझाएको रिपोर्ट अनुसार कुनैपनि दलको अपेक्षित सिट संख्या नपुग्ने जनाएको हो ।

Advertisement

सुरक्षा स्रोतले देशभरबाट गरेको सर्वेक्षण अनुसार प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्येको करिब ४० क्षेत्रमा कडा प्रतिस्पर्धा रहेको र निर्वाचन परिणाम यसैले जित्ला भनेर भन्न नसकिने अवस्था रहेको तथा मतदाता पनि नखुलेका कारण केही भन्न सक्ने अवस्था नभएको जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागले बुझाएको रिपोर्टमा प्रदेश १ का १०, मधेस प्रदेशका ६, बागमती प्रदेशका ११, गण्डकी प्रदेशका २, लुम्बिनी प्रदेशका ६ र सुदूरपश्चिम प्रदेशका २ निर्वाचन क्षेत्रको चुनावी प्रतिस्पर्धा कडा हुने जनाएको छ ।

नेपाली कांग्रेसबाट नेता धनराज गुरुङ, सुजाता कोइराला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, माओवादी केन्द्रबाट ओनसरी घर्ती, चक्रपाणी खनाल, एमालेबाट ईश्वर पोखरेल, एलपी सावा लिम्बु, सुरन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, पद्मा अर्याल, लेखराज भट्ट, राप्रपाबाट विक्रम पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेको चुनावी प्रतिस्पर्धाको बारेमा निकायको रिपोर्ट मौन रहेको स्रोतको दाबी छ ।

उनीहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा तीव्र प्रतिस्पर्धाका क्रममा रहेको सुरक्षा स्रोतको पछिल्लो रिपोर्टमा उल्लेख छ । प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये १० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने सुरक्षा स्रोतको रिपोर्ट छ ।

झापा ४ मा कांग्रेस र एमालेका उम्मेदवारका वीचमा कडा प्रतिस्पर्धा हुने उल्लेख छ । भोजपुर १ मा माओवादी र एमाले, धनकुटा १ मा कांग्रेस र एमाले, मोरङ २ मा कांग्रेस र एमाले, मोरङ ४ मा एमाले र माओवादी, मोरङ ५ मा माओवादी र जसपा तथा सुनसरी ३ मा एमाले र कांग्रेसका बीचमा कडा प्रतिस्पर्धा स्रोतको दाबी छ ।

मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये ६ निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा रहेको र चुनावी परिणाम यसै भन्न नसकिने अवस्थामा रहेको सुरक्षा स्रोतको रिपोर्टमा उल्लेख छ ।

मधेस प्रदेशका सिराहा ३ मा माओवादी र एमाले, सर्लाही ४ मा कांग्रेस र स्वतन्त्र उम्मेदवार अमरेश सिंह, बारा ३ मा त्रिपक्षय प्रतिस्पर्धा हुने रिपोर्टमा छ । त्यस क्षेत्रमा एमाले, जसपा र लोसपाका बीचमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको उल्लेख छ ।

पर्सा १ मा जसपा र स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीका बीचमा प्रतिस्पर्धा र पर्सा ३ मा एमाले र कांग्रेसका बीचमा प्रतिस्पर्धा छ ।

बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये ११ निर्वाचन क्षेत्रमा तीव्र प्रतिस्पर्धा रहेको सुरक्षा स्रोतको रिपोर्टमा छ ।

बागमती प्रदेशको दोलखामा माओवादी र एमाले, काठमाडौं १ मा कांग्रेस र राप्रपा, काठमाडौं २ मा एमाले र माओवादी, काठमाडौं ३ मा कांग्रेस र एमाले काठमाडौं ५ मा एमाले र कांग्रेस, ललितपुर १ मा कांग्रेस र एमाले, ललितपुर २ मा नेकपा एकीकृत समाजवादी र एमाले सिन्धुपाल्चोक २ मा कांग्रेस र एमाले, चितवन १ मा कांग्रेस र एमाले, चितवन २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने सुरक्षा रिपोर्टमा छ ।

चितवन २ मा कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेका वीचमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको सुरक्षा स्रोतको रिपोर्टमा छ ।

चितवन ३ मा पनि त्रिपक्षीय प्रतिस्पर्धा रहेको उल्लेख छ । त्यस क्षेत्रमा माओवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारका वीचमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको रिपोर्ट छ ।

गण्डकी प्रदेशको एउटा मात्रै निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा रहेको सुरक्षा रिपोर्टमा छ ।

स्याङजा २ मा कांग्रेसका धनराज गुरुङ र एमालेकी पद्मा अर्यालका बीचमा प्रतिस्पर्धा रहेको उल्लेख छ । विभागले दिएको रिपोर्टमा अधिकांश क्षेत्रमा कांग्रेस एमालेबीचमै प्रतिस्पर्धा हुने स्रोतले जनाएको छ ।

Related News

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०७९ कार्तिक ३०, बुधबार ११:५५

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०७९ कार्तिक ३०, बुधबार ११:५५

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
  • २०७९ कार्तिक ३०, बुधबार ११:५५

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...

TOP