Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

प्रदेश सरकारमा डोटीको महत्वपूर्ण स्थान कायम गराउन मलाई मतदान गर्नुस् : उम्मेदवार सिंह


दिपायल – नेपाली कांग्रेस डोटीका सभापति एवं प्रदेश सभा “क” का उम्मेदवार नरेन्द्र बहादुर सिंहले सडकको स्तरोन्नति, खानेपानी र सिँचाइ मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए । आदर्श गाउँपालिकामा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले क्षेत्रगत रुपमा देखिएका समस्या र आवश्यकता हेरेर विकासका योजना अगाडि बढाइने बताएका हुन् ।

Advertisement

प्रदेश “क” र डोटी जिल्लाको आवश्यकता, जनताको चाहना र अपेक्षा आफूले राम्रोसँग पहिचान गरेको बताउँदै सिहंले जनअपेक्षा अनुसारको काम गर्ने बताए । चुनावी दौडमा र त्यस अघि पनि मैले पटक पटक जिल्ला र यस क्षेत्रको भ्रमण गरेको छु,’ उनले भने,’यहाँका जनताको अपेक्षा र यहाँको आवश्यकताको बारेमा म जानकार छु । प्रदेशकाे राजधानी हुनु पर्ने उपयुक्त जिल्ला डोटी हो तर त्यो भएन । त्यसको क्षति परिपूर्ति गर्नका लागि प्रदेश र संघ सरकारबाट डोरीलाई विशेष प्राथमिकता राख्न दबाब दिँदै यहाँको विकासमा कायापलट गर्ने चाहना रहेको छु। यहाँहरुले विजयी गराउनु भयो भने पुनः विकासका योजना सहित तपाईंको आँगनमा फर्किने छु।”

Advertisement

उम्मेदवार सिंहले आदर्श गाउँपालिका लगायत अन्य क्षेत्रमा खाने पनि, सडक जोखिम र सिंचाईको मुख्य समस्या रहेको बताउँदै त्यसको समाधानका लागि आजैका दिनदेखि कसरत गर्ने बताए । आदर्श गाउँपालिका लगायत जिल्लाभरी सडकको जोखिम छ,’ ज्यान हत्केलामा राखेर जनताहरूले यात्रा गरिरहेका छन् । सडकको स्तरोन्नति तत्काल आवश्यक छ । खानेपानी र सिचाई पनि यहाँको मुख्य समस्या हो । मैले आजकै दिनबाट त्यसका लागि पहल गर्दै जाने छु।”

३/४ दशकको राजनीतिक यात्रा पछि बल्ल आफूले टिकेट पाएको बताउँदै उम्मेदवार खड्काले अबको राजनीतिक जीवन यहीँका जनता र विकासका लागि निस्वार्थ भावले खर्च गर्ने उनले बताए । “म संग लामो राजनीतिक अनुभव छ,’ उनले भने,’ जिल्ला, प्रदेश देखि केन्द्रसम्म नेताहरुसँग राम्रो सम्बन्ध छ । जिल्लाको पार्टी सभापति भएका हैसियतले पनि धेरै कामहरु गर्न र गराउन सक्छु। प्रदेश र संघमा निर्वाचन पछि गठबन्धनकै सरकार हुनेछ। प्रदेश सरकारमा पनि मैले राम्रो भूमिका पाउने छु। त्यो अवसर र अनुभवलाई यहाँको विकासमा केन्द्रित गर्ने छु।”

सिंहले जिल्लाको विकास, जनअपेक्षा अनुसारको काम र सरकारमा डोटीको महत्वपूर्ण स्थानका लागि आफूलाई विजयी गराउन अनुरोध गरे ।

Related News

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
  • २०८३ आश्विन ८, बिहीबार १४:०६

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडक आज बिहिबारदेखि आइतबारसम्म रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।...

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
  • २०८३ आश्विन ८, बिहीबार १३:५२

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ...

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

TOP