Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

डोटीमा निर्वाचन सामाग्री बोकेको जीप दुर्घटना, मतदान अधिकृत घाइते

दिपायल- डोटीमा निर्वाचन सामाग्री बोकेको जीप दुर्घटना भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका– ५ अत्तरकाँडामा बा २ झ २२३५ नम्बरको जीप दुर्घटना भएको हो ।

बिहीबार भएको उक्त दुर्घटनामा मतदान अधिकृत दिनेश रैखोला सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाले जानकारी दिए । बडीकेदार गाउँपालिका– ५ मार्काेटमा रहेको मतदान केन्द्रका लागि निर्वाचन सामाग्री र कर्मचारी बोकेर सिलगढीबाट हिंडेको जीप दुर्घटना भएको हो ।

जीपको ब्रेकफेल भएपछि दुर्घटना भएको बताइएको छ । जीपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेको थियो । जीपमा रहेको सामग्री र कर्मचारी अर्को गाडीको व्यवस्था गरेर पठाईएको प्रहरीले जनाएको छ ।

Advertisement

Related News

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
  • २०८३ आश्विन ८, बिहीबार १४:०६

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडक आज बिहिबारदेखि आइतबारसम्म रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।...

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
  • २०८३ आश्विन ८, बिहीबार १३:५२

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ...

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

TOP