२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

डोटीमा निर्वाचन सामाग्री बोकेको जीप दुर्घटना, मतदान अधिकृत घाइते

दिपायल- डोटीमा निर्वाचन सामाग्री बोकेको जीप दुर्घटना भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका– ५ अत्तरकाँडामा बा २ झ २२३५ नम्बरको जीप दुर्घटना भएको हो ।

बिहीबार भएको उक्त दुर्घटनामा मतदान अधिकृत दिनेश रैखोला सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाले जानकारी दिए । बडीकेदार गाउँपालिका– ५ मार्काेटमा रहेको मतदान केन्द्रका लागि निर्वाचन सामाग्री र कर्मचारी बोकेर सिलगढीबाट हिंडेको जीप दुर्घटना भएको हो ।

जीपको ब्रेकफेल भएपछि दुर्घटना भएको बताइएको छ । जीपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेको थियो । जीपमा रहेको सामग्री र कर्मचारी अर्को गाडीको व्यवस्था गरेर पठाईएको प्रहरीले जनाएको छ ।

Advertisement

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ मंसिर १, बिहीबार १५:३२

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ मंसिर १, बिहीबार १५:३२

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ मंसिर १, बिहीबार १५:३२

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP