२०८३ असार ४
June 18, 2026, Thursday

अत्याधिक मतले चुनाव जित्दै छु : उम्मेदवार सिहं


दिपायल – नेपाली कांग्रेस डोटीका पार्टी सभापति एवं प्रदेश सभा “क” का उम्मेदवार नरेन्द्र बहादुर सिंहले बहुमतले चुनाव जित्ने दाबी गर्दै आएका छन् । निर्वाचन क्षेत्रको चुनावी भ्रमण पछि प्रतिक्रिया दिदै उनले आफु अत्याधिक मतले विजयी हुने दावी गरेका हुन् ।

Advertisement

सिंहले ३४ वर्ष लामो राजनीतिक संघर्ष पछि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेको बताउँदै जनताले अत्याधिक बहुमतले विजयी गराउने आश्वासन दिएको बताए । “पार्टीको जिम्मेवार पद सम्हाल्दैगर्दा संविधान र राष्ट्रको संरक्षण गर्ने समयमा पार्टीले टिकेट दिएको छ,“उनले भने,“महत्वपूर्ण समय र देशको राजनीति सबै जनताले बुझेका छन् । यहाँको विकास, संविधान र देशको रक्षार्थ पनि कांग्रेस जित्नु पर्ने आवश्यक छ, यस कुरालाई मनन गर्दै जनताले आशिर्वाद सँगै मत दिने प्रतिवद्धता गरेका छन् । जनतामाझ मेरा पनि केही महत्वपूर्ण प्रतिवद्धता छन् ती प्रतिवद्धता पुरा गर्न आजै देखि लागि पर्ने छु ।”

Advertisement

डोटी जिल्ला यस अघि देखि नै कांग्रेसको किल्ला भएको बताउँदै उम्मेदवार सिंहले कांग्रेसका आफ्ना मतसँग्रै गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरुका मतले भारी मतान्तरका साथ विजयी हुने बताए । “यस क्षेत्रमा कांग्रेस आफैमा बलियो छ,“उनले भने,“देशको राजनीतिक अवस्थाले हामी धेरै दलहरु एकठाउँमा उभिएका छौं । सधै दलका नेता र कार्यकर्ताहरुको साथ पाएको छु । गठबन्धन बाहिरका दलहरुका नेता तथा कार्यकर्ताहरुले समेत शुभेच्छा देखाउनु भएको छ । हाम्रो पार्टीको आन्तरिक सर्वेक्षणले हामी धेरै ठुलो मतान्तरले जित्दै छौं ।मंसिर ४ गते सम्म आफ्नो अमुल्य मत दिएर अझै बढी मतभारले विजयी गराउँन मतदातालाई हार्दिक अपिल गर्दछौं ।”

स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाएको मत भन्दा ४० प्रतिसत बढी मत पाउने कांग्रेसको आन्तरिक सर्वक्षण रहेको छ ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP