Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १७
November 2, 2026, Monday

अत्याधिक मतले चुनाव जित्दै छु : उम्मेदवार सिहं


दिपायल – नेपाली कांग्रेस डोटीका पार्टी सभापति एवं प्रदेश सभा “क” का उम्मेदवार नरेन्द्र बहादुर सिंहले बहुमतले चुनाव जित्ने दाबी गर्दै आएका छन् । निर्वाचन क्षेत्रको चुनावी भ्रमण पछि प्रतिक्रिया दिदै उनले आफु अत्याधिक मतले विजयी हुने दावी गरेका हुन् ।

Advertisement

सिंहले ३४ वर्ष लामो राजनीतिक संघर्ष पछि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेको बताउँदै जनताले अत्याधिक बहुमतले विजयी गराउने आश्वासन दिएको बताए । “पार्टीको जिम्मेवार पद सम्हाल्दैगर्दा संविधान र राष्ट्रको संरक्षण गर्ने समयमा पार्टीले टिकेट दिएको छ,“उनले भने,“महत्वपूर्ण समय र देशको राजनीति सबै जनताले बुझेका छन् । यहाँको विकास, संविधान र देशको रक्षार्थ पनि कांग्रेस जित्नु पर्ने आवश्यक छ, यस कुरालाई मनन गर्दै जनताले आशिर्वाद सँगै मत दिने प्रतिवद्धता गरेका छन् । जनतामाझ मेरा पनि केही महत्वपूर्ण प्रतिवद्धता छन् ती प्रतिवद्धता पुरा गर्न आजै देखि लागि पर्ने छु ।”

Advertisement

डोटी जिल्ला यस अघि देखि नै कांग्रेसको किल्ला भएको बताउँदै उम्मेदवार सिंहले कांग्रेसका आफ्ना मतसँग्रै गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरुका मतले भारी मतान्तरका साथ विजयी हुने बताए । “यस क्षेत्रमा कांग्रेस आफैमा बलियो छ,“उनले भने,“देशको राजनीतिक अवस्थाले हामी धेरै दलहरु एकठाउँमा उभिएका छौं । सधै दलका नेता र कार्यकर्ताहरुको साथ पाएको छु । गठबन्धन बाहिरका दलहरुका नेता तथा कार्यकर्ताहरुले समेत शुभेच्छा देखाउनु भएको छ । हाम्रो पार्टीको आन्तरिक सर्वेक्षणले हामी धेरै ठुलो मतान्तरले जित्दै छौं ।मंसिर ४ गते सम्म आफ्नो अमुल्य मत दिएर अझै बढी मतभारले विजयी गराउँन मतदातालाई हार्दिक अपिल गर्दछौं ।”

स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाएको मत भन्दा ४० प्रतिसत बढी मत पाउने कांग्रेसको आन्तरिक सर्वक्षण रहेको छ ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP