Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १७
November 2, 2026, Monday

दिपायल राजधानीको मुद्दा ३० हजार मत सहित संसदमा पुग्छ : उम्मेदवार खड्का


दिपायल – डोटीबाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ३० हजार मत प्राप्त गर्दै चुनाव जित्ने दाबी गरेका छन् । निर्वाचनको प्रचार प्रसारका क्रममा समग्र जिल्ला घुमिसकेका उनले ३० हजार मत ल्याउदै विजयी हुने दाबी गरेका हुन् ।

Advertisement

डोटीबाट राजधानीको मुद्दा उठाउँदै स्वतन्त्र उम्मेदवारी दिएका उनले यस पटकको निर्वाचनमा डोटी जित्ने बताउँदै आएका छन् । “हिजोका दिनहरुमा हामीले राजनीतिक दलका नेताहरुलाई विश्वास गरेर जितायौं तर चुनाव जितेर गएका उनिहरुले यहाँको विकास र जनजीवन परिवर्तन गर्न सकेनन्,“खड्काले भने बरु उनिहरुकै हस्ताक्षर र कार्यकालमा डोटीको अस्तित्व नै गुम्यो । वर्षौं देखिको डोटी गौणाबाट राजधानी खोसियो त्यो यहाँका जनतालाई शैय छैन तसर्थ पनि अत्याधिक जनताले मलाई क्रस खुकुरीमा मतदान गर्ने छन् र अत्याधिक बहुमतले डोटी र डोटीको मुद्दालाई जिताउने छन् ।”

Advertisement

“यहाँका मतदाताहरु अहिले विभिन्न कारणले मौन छन् । राजनीतिक पार्टीको दवाव, प्रभावले उनीहरु मौन बसेका हुन्,“उम्मेदवार खड्काले भने मंसिर–४ मा गोप्य मत डोटी र डोटेलीको न्यायका लागि जाहेर गर्ने छन् ।” खड्काले आफ्नो सुनाव प्रचार प्रशार संयन्त्र र आफुले एक एक मतदाताको मत सर्वेक्षण गरेर डायरीमा टिपेको बताउँदै आफुलाई आश्वासन दिएका ३० हजार बढी मतदाताले मत जाहेर गर्ने बताए ।

“राजधानी खोसिएको पीडा मलाई मात्र होइन समग्र डोटेली जनातालाई छ,“खड्काले भने,“त्यसको हिसाव किताव जनताले मंसिर ४ मा गर्ने छन् । मंसिर ४ पछि डोटीको विशेष राजधानीको मुद्दासँगै ३० हजार मत सपहित म र समग्र डोटेली संसदमा पुग्नेमा म ढुक्क छु । अत्याधिक मत डोटीको पक्षमा खसाल्न र डोटीलाई जिताउन म समग्र डोटेलीहरुलाई अनुरोध गर्दछु ।”

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष खड्काको नेतृत्वमा दिपायल राजधानी कायम हुनुपर्ने माग राख्दै ६५ दिन सम्म आन्दोलन चलेको थियो । आन्दोलनमा दर्जन बढी घाइते भएका थिए । खड्काले राजधानीको मुद्दा कायम गराउन निरन्तर सदनबाट संघर्ष गर्ने, पश्चिम सेती, फाष्ट ट्रयाक लगायतका ठुला योजनाहरु चाँडो निर्माण गर्न दबाब दिने र डोटीमा भएका कार्यालयहरु अन्यत्र सर्नबाट रोक्ने लगायतका एजेण्डा अघि सारेर चुनावी मैदानमा छन् ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP