२०८० मंसिर १५
December 1, 2023, Friday

डोटीमा मतदान केन्द्रको तयारी पुरा

दिपायल– मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको तयारी डोटीमा पुरा भइसकेको छ । सुरक्षा व्यवस्था सहित मतदान केन्द्रहरुको तयारी पुरा भइसकेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिएका छन् ।

Advertisement

‘सबै मतदान केन्द्रहरुमा मतदान अधिकृत सहितका कर्मचारीहरु पुगिसकेका छन्’, पाण्डेयले भने, ‘सर्बदलीय बैठक बसेर सबै केन्द्रमा विभिन्न बिषयमा सूचना समेत टाँस गरी सकिएको छ ।’

Advertisement

डोटीमा एक सय ७७ वटा स्थायी मतदान केन्द्रहरु रहेका छन् भने जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र रहेको छ । जसमा श्री पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखि क्याम्पसमा रहेका मतदान केन्द्र महिलामैत्री बनाइएका छन् ।

निर्वाचनका लागि जिल्लाभरी एक हजार चार सय १४ जना कर्मचारी परिचालित भएका छन् । जसमा मतदान अधिकृत एक सय ७८ जना, सहायक मतदान अधिकृत पनि एक सय ७८ नै रहेका छन् ।

त्यसैगरी सहायक कर्मचारी आठ सय ८१ जना खटिएका छन् भने कार्यालय सहयोगी एक सय ७७ जना रहेका छन् । ४/४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडा राखिएको बताइएको छ । कुल निर्वाचनमा खटिएका कर्मचारीहरुमा एक हजार चार जना कर्मचारीहरुबाट र चार सय १० जना शिक्षकहरुबाट रहेका छन् ।

२ हजार १७३ जना सुरक्षाकर्मी

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि डोटीमा दुई हजार एक सय ७३ जना सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिएका छन् ।

मतदान केन्द्र तीन वटा सुरक्षा घेरामा रहने बताइएको छ । जिल्लाभरी नेपाल प्रहरी र म्यादी प्रहरी एक हजार पाँच सय १८ जना खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

जिल्लाभरीका मतदान केन्द्रहरुमा नेपाली सेना चार सय ४० र सशस्त्र प्रहरी दुई सय १५ जना खटाइएको छ ।

Related News

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ मंसिर २, शुक्रबार १७:३६

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ मंसिर २, शुक्रबार १७:३६

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
  • २०७९ मंसिर २, शुक्रबार १७:३६

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको...

TOP