२०८३ जेष्ठ ११
May 25, 2026, Monday

डोटीका १० मतदान केन्द्र अतिसंवेदनशील, ३० केन्द्र संवेदनशील

Advertisement

बोगटान फुड्सिल गाउँपालिका – ३ मेल्टाको भगवतेश्वर माविमा रहेको मतदान केन्द्र


दिपायल – डोटीका १० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रुपमा छुट्ट्याइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका थप ३० वटा मतदान केन्द्रलाई संवेदनशील र १३७ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा छुट्याएको हो ।

Advertisement

सुरक्षा तथा विकटताकाको दृष्टिकोणबाट संवेदनशील, अतिसंवेदनशील र सामान्य गरी तीन वटा भागमा केन्द्रहरु छुट्ट्याइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूचना अधिकारी दीपा जोशीले बताउनु भयो । मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले ती क्षेत्रहरुमा मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गर्ने उहाँले बताउनु भयो ।

जिल्लाको बडीकेदार, बोगटान र जोरायल गाउँपालिकाका केन्द्रहरु अतिसंवेदनशील केन्द्रमा परेको प्रशासकीय अधिकृत जोशीले बताउनु भयो । संवेदनशील र अतिसंवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्थाका लागि मोवाइल टोली पनि परिचालन गरिने उहाँले जानकारी दिनु भयो ।

निर्वाचन सुरक्षाका लागि जिल्लामा ५३८ जना नेपाली सेना , ५६५ जना नेपाल प्रहरी, २०५ जना सशस्त्र प्रहरी , ९५३ जना म्यादी प्रहरी र १२ जना अनुसन्धानका गरी दुई हजार २७३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको टोलीले निर्वाचन क्षेत्र र मतदान केन्द्रको सुरक्षा र अन्य तयारीको अनुगमन गरिरहेको जनाएको छ ।

डोटीमा निर्वाचनका लागि ११५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित १७८ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी करुणाकर जोशीले बताउनु भयो ।

डोटीमा निर्वाचनका लागि १ हजार चार सय १४ जना कर्मचारी परिचालन गरिएको निर्वाचन अधिकारी जोशीले जानकारी दिनु भयो । जसमा १ सय ७८ जना मतदान अधिकृत, १ सय ७८ जना सहायक मतदान अधिकृत रहेका छन् भने अन्य शिक्षक सहित १ हजार ५ जना खटिएका छन् । ४/४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडाको रूपमा राखिएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर २, शुक्रबार १७:४०

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर २, शुक्रबार १७:४०

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर २, शुक्रबार १७:४०

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP