Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

कैलालीमा निर्वाचनको तयारी अन्तिम चरणमा

कैलाली- मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्था र मतदान स्थलको अवस्था बारे कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र सुरक्षा अधिकारी सहितको टोलीले जानकारी लिएको छ।  

Advertisement

सो टोलीले बिहीबार कैलालीको पूर्वी क्षेत्रका केही मतदानस्थल र सुरक्षा तयारीको अवस्था बारे स्थलगत रूपमै जानकारी लिएको हो। टोलीले क्षेत्र नम्बर १, २ र ३ को सुरक्षा अवस्थाबारे सुरक्षामा खटिएका अधिकृत र तीनै क्षेत्रका मतदान अधिकृतसँग पनि छलफल गरेको छ। 

Advertisement

टोलीले क्षेत्र नम्बर १ को टीकापुर, जोशीपुर र क्षेत्र नम्बर २ को लम्कीका केही मतदानस्थलको अनुगमन गरेको थियो।  तीनै क्षेत्रका निर्वाचन अधिकृतले सबै मतदानस्थलमा मतदानका लागि आवश्यक पर्ने सामग्रीहरू पठाइसकेको जानकारी टोलीलाई दिएको छ। क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत तेजप्रकाश जोशीले विकट मोहन्याल गाउँपालिकाका १३ मतदान स्थलमै बुधबार र बिहीबार बाँकी क्षेत्रमा मतदानलाई आवश्यक पर्ने सबै सामग्री पठाइएको जानकारी दिनुभयो। 

 प्रमुख जिल्ला अधिकारी थापासहितको सुरक्षा अधिकारीको टोलीले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काम गर्न पनि आग्रह गरेको छ।  प्रतिनिधि सभामा पाँच र प्रदेश सभामा १०  निर्वाचन क्षेत्र रहेको कैलालीमा २३७ वटा मतदानस्थल र ६२९ मतदान केन्द्र रहेका छन्।  ती मध्ये ५३ मतदानस्थल अति संवेदनशील, १३१ संवेदनशील र ५३ मतदानस्थल सामान्य रहेको वर्गीकरण गरिएको छ।

टोलीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, नेपाली सेना प्रमुख सेनानी रवि केसी, राष्ट्रिय अनुसन्धान कैलालीका प्रमुख रमेशसिंह डाँगा, प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्ट लगायतको उपस्थिति थियो।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP