कैलाली- मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्था र मतदान स्थलको अवस्था बारे कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र सुरक्षा अधिकारी सहितको टोलीले जानकारी लिएको छ।
सो टोलीले बिहीबार कैलालीको पूर्वी क्षेत्रका केही मतदानस्थल र सुरक्षा तयारीको अवस्था बारे स्थलगत रूपमै जानकारी लिएको हो। टोलीले क्षेत्र नम्बर १, २ र ३ को सुरक्षा अवस्थाबारे सुरक्षामा खटिएका अधिकृत र तीनै क्षेत्रका मतदान अधिकृतसँग पनि छलफल गरेको छ।
टोलीले क्षेत्र नम्बर १ को टीकापुर, जोशीपुर र क्षेत्र नम्बर २ को लम्कीका केही मतदानस्थलको अनुगमन गरेको थियो। तीनै क्षेत्रका निर्वाचन अधिकृतले सबै मतदानस्थलमा मतदानका लागि आवश्यक पर्ने सामग्रीहरू पठाइसकेको जानकारी टोलीलाई दिएको छ। क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत तेजप्रकाश जोशीले विकट मोहन्याल गाउँपालिकाका १३ मतदान स्थलमै बुधबार र बिहीबार बाँकी क्षेत्रमा मतदानलाई आवश्यक पर्ने सबै सामग्री पठाइएको जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी थापासहितको सुरक्षा अधिकारीको टोलीले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काम गर्न पनि आग्रह गरेको छ। प्रतिनिधि सभामा पाँच र प्रदेश सभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा २३७ वटा मतदानस्थल र ६२९ मतदान केन्द्र रहेका छन्। ती मध्ये ५३ मतदानस्थल अति संवेदनशील, १३१ संवेदनशील र ५३ मतदानस्थल सामान्य रहेको वर्गीकरण गरिएको छ।
टोलीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, नेपाली सेना प्रमुख सेनानी रवि केसी, राष्ट्रिय अनुसन्धान कैलालीका प्रमुख रमेशसिंह डाँगा, प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्ट लगायतको उपस्थिति थियो।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...