२०८३ श्रावण ९
July 25, 2026, Saturday

सुरक्षाकर्मीका गाडीमा मतपेटिका नबोकिने

काठमाडौं – निर्वाचनको स्वच्छताका लागि मतदास्थलबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ढुवानी गर्न सुरक्षाकर्मीको सवारीसाधन प्रयोग नहुने भएको छ । सिभिल गाडीमा सुरक्षाकर्मीको निगरानीमा मतपेटिका ओसारिने गृह मन्त्रालयले जनाएको छ ।

Advertisement

‘निर्वाचनको स्वच्छताका लागि सामान्यतया हामी सुरक्षाकर्मीको गाडीमा मतपेटिका ढुवानी गर्दैनौँ,’ शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भने, ‘कतिपय स्थानमा अन्य सवारीसाधनको विकल्प नभएको अवस्थामा भने सुरक्षाकर्मीकै गाडी प्रयोग हुन सक्छ । यो एकदमै न्यून हुन्छ ।’

सुरक्षाकर्मीकै गाडी प्रयोग गर्नुपर्ने अवस्था आएमा सम्बन्धित मतदान अधिकृतले पहिले नै सुरक्षा निकायलाई लिखित रूपमा जानकारी गराउनुपर्ने र त्यस्तो गाडीमा चालक र मतदान अधिकृतबाहेक अन्य कोही बस्न नपाउने सचिव सिंहले बताए ।

मतपेटिका ढुवानीको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको छ । त्यसका लागि गृहले प्रशासन कार्यालयलाई छुट्टै बजेटसमेत पठाएको छ । सुरक्षाकर्मीको गाडीमा मतपेटिका ढुवानी गर्दा चलखेलको आरोप नलागोस् भनेर निर्वाचनको निष्पक्षताका लागि अन्य गाडीमा सुरक्षित तरिकाले ढुवानी गर्न लागिएको हो । मतपेटिका ढुवानी सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP