काठमाडौं – निर्वाचनको स्वच्छताका लागि मतदास्थलबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ढुवानी गर्न सुरक्षाकर्मीको सवारीसाधन प्रयोग नहुने भएको छ । सिभिल गाडीमा सुरक्षाकर्मीको निगरानीमा मतपेटिका ओसारिने गृह मन्त्रालयले जनाएको छ ।
‘निर्वाचनको स्वच्छताका लागि सामान्यतया हामी सुरक्षाकर्मीको गाडीमा मतपेटिका ढुवानी गर्दैनौँ,’ शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भने, ‘कतिपय स्थानमा अन्य सवारीसाधनको विकल्प नभएको अवस्थामा भने सुरक्षाकर्मीकै गाडी प्रयोग हुन सक्छ । यो एकदमै न्यून हुन्छ ।’
सुरक्षाकर्मीकै गाडी प्रयोग गर्नुपर्ने अवस्था आएमा सम्बन्धित मतदान अधिकृतले पहिले नै सुरक्षा निकायलाई लिखित रूपमा जानकारी गराउनुपर्ने र त्यस्तो गाडीमा चालक र मतदान अधिकृतबाहेक अन्य कोही बस्न नपाउने सचिव सिंहले बताए ।
मतपेटिका ढुवानीको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको छ । त्यसका लागि गृहले प्रशासन कार्यालयलाई छुट्टै बजेटसमेत पठाएको छ । सुरक्षाकर्मीको गाडीमा मतपेटिका ढुवानी गर्दा चलखेलको आरोप नलागोस् भनेर निर्वाचनको निष्पक्षताका लागि अन्य गाडीमा सुरक्षित तरिकाले ढुवानी गर्न लागिएको हो । मतपेटिका ढुवानी सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई छ ।
FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...
FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...