दिपायल – डोटीको मतदान स्थलमा झडपको स्थिति सृजना भए पछि गोली चलेको छ । जिल्लाको शिखर नगरपालिका – ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्ड गोली चलाएको हो ।
केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सृजना भए पछि भीड तितरबितर पार्न ४ राउण्ड हवाई फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिनु भयो।
केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भए पछि मतदान पुनः सुरु भएको जनाइएको छ। १७ सय मतदाता रहेको उक्त मतदान स्थलमा ५०६ मत खसेको छ। अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...