Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १७
November 2, 2026, Monday

डोटीका सबै मतदान स्थलको मतपेटिका संकलन, ११ बजे सर्वदलीय बैठक बस्ने

फाइल तस्बिर



दिपायल- डोटीमा सबै मतदान स्थलबाट मतपेटिका संकलन गरिएको छ। सदरमुकाम देखि टाढाका मतदान स्थलबाट आएका मतपेटिकाहरु बिहान मात्रै मतगणना स्थलमा पुर्‍याइएको हो ।


मध्यराती र बिहान पुगेका मतपेटिकाहरु बिहान मात्रै बुझेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले बताउनु भयो । मतपेटिका गणना सुरु गर्नका लागि आजै ११ बजे सर्वदलीय बैठक बोलाइएको र बैठक पछि गणना सुरु गरिने उहाँले जानकारी दिनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने जनाइएको छ ।

११५ मतदान स्थल र १७८ मतदान केन्द्र रहेको डोटीमा ५१.१७ प्रतिशत मत खसेको निर्वाचन अधिकारी अरुणाकर पन्तले बताउनु भयो । जिल्लाको एउटा मतदान केन्द्रमा विवाद आउँदा हवाई फायर भएपनि अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका कुल मतदाता मध्य ५१.१७ प्रतिशत मतदाताले मात्रै मतदाता गर्नु भएको हो । जसमा २७ हजार ४५७ जना पुरुष मतदाता र ३६ हजार ६०१ महिला मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी पन्तले बताउनु भयो ।
११५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित १७८ वटा मतदान केन्द्र रहेको डोटीमा एक लाख २४ हजार ८७० मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनमा ६३. ८८ प्रतिशत मत खसेको थियो ।

Advertisement

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP