२०८३ जेष्ठ ६
May 20, 2026, Wednesday

डोटीका सबै मतदान स्थलको मतपेटिका संकलन, ११ बजे सर्वदलीय बैठक बस्ने

फाइल तस्बिर



दिपायल- डोटीमा सबै मतदान स्थलबाट मतपेटिका संकलन गरिएको छ। सदरमुकाम देखि टाढाका मतदान स्थलबाट आएका मतपेटिकाहरु बिहान मात्रै मतगणना स्थलमा पुर्‍याइएको हो ।


मध्यराती र बिहान पुगेका मतपेटिकाहरु बिहान मात्रै बुझेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले बताउनु भयो । मतपेटिका गणना सुरु गर्नका लागि आजै ११ बजे सर्वदलीय बैठक बोलाइएको र बैठक पछि गणना सुरु गरिने उहाँले जानकारी दिनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने जनाइएको छ ।

११५ मतदान स्थल र १७८ मतदान केन्द्र रहेको डोटीमा ५१.१७ प्रतिशत मत खसेको निर्वाचन अधिकारी अरुणाकर पन्तले बताउनु भयो । जिल्लाको एउटा मतदान केन्द्रमा विवाद आउँदा हवाई फायर भएपनि अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका कुल मतदाता मध्य ५१.१७ प्रतिशत मतदाताले मात्रै मतदाता गर्नु भएको हो । जसमा २७ हजार ४५७ जना पुरुष मतदाता र ३६ हजार ६०१ महिला मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी पन्तले बताउनु भयो ।
११५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित १७८ वटा मतदान केन्द्र रहेको डोटीमा एक लाख २४ हजार ८७० मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनमा ६३. ८८ प्रतिशत मत खसेको थियो ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर ५, सोमबार १०:१९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ५, सोमबार १०:१९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ५, सोमबार १०:१९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP