Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

बैतडी जीप दुर्घटनामा डोटीका एक जनाको मृत्यु, दुई घाइते


दिपायल– बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा डोटी घर भएका एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा घाइते र मृत्यु हुने सबै प्रहरी दिपायल तालिम केन्द्रमा कार्यरत रहेको खुलेको छ ।

Advertisement

निर्वाचनमा खटिएको उक्त प्रहरी टोली सवार से १ ज ८५४ नम्बरको जीप आज बिहान ७ बजेको समयमा दुर्घटना भएको हो । जिल्ला सदरमुकाम बैतडी बाट पाटन तिर जान लागेको जीप दशरथचन्द राजमार्गमा पर्ने पाटन ४ स्थित थूम भन्ने स्थानमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको भन्ने समाचार बाहिरिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी नैन सिंह कठायतका अनुसार दुर्घटनामा दिपायल तालिम केन्द्रबाट खटिएका ४ जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–२ पुनेबाटाका प्रहरी सहायक हवल्दार अर्जुन कठायत रहेका छन् । उनीसँगै डडेल्धुरा घर भएका रमेश सिंह साउँद, कैलाली घर भएका लोक बहादुर बाठामगर रहेका छन् भने एक जना प्रहरीको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा दिपायल सिलगढी नगरपालिका–२ बजारी रुम्टा घर भएका प्रहरी जवान गणेश खड्का र दिपायल सिलगढी नगरपालिका–१ तीखाका पुतली खड्का गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरुको हेलिकप्टर मार्फत उद्धार गरेर थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । दुर्घटनामा अन्य व्यक्तिहरु पनि घाइते भएको जनाइएको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP