२०७९ चैत्र १२
March 26, 2023, Sunday

बैतडी जीप दुर्घटनामा डोटीका एक जनाको मृत्यु, दुई घाइते


दिपायल– बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा डोटी घर भएका एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा घाइते र मृत्यु हुने सबै प्रहरी दिपायल तालिम केन्द्रमा कार्यरत रहेको खुलेको छ ।

Advertisement

निर्वाचनमा खटिएको उक्त प्रहरी टोली सवार से १ ज ८५४ नम्बरको जीप आज बिहान ७ बजेको समयमा दुर्घटना भएको हो । जिल्ला सदरमुकाम बैतडी बाट पाटन तिर जान लागेको जीप दशरथचन्द राजमार्गमा पर्ने पाटन ४ स्थित थूम भन्ने स्थानमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको भन्ने समाचार बाहिरिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी नैन सिंह कठायतका अनुसार दुर्घटनामा दिपायल तालिम केन्द्रबाट खटिएका ४ जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–२ पुनेबाटाका प्रहरी सहायक हवल्दार अर्जुन कठायत रहेका छन् । उनीसँगै डडेल्धुरा घर भएका रमेश सिंह साउँद, कैलाली घर भएका लोक बहादुर बाठामगर रहेका छन् भने एक जना प्रहरीको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा दिपायल सिलगढी नगरपालिका–२ बजारी रुम्टा घर भएका प्रहरी जवान गणेश खड्का र दिपायल सिलगढी नगरपालिका–१ तीखाका पुतली खड्का गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरुको हेलिकप्टर मार्फत उद्धार गरेर थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । दुर्घटनामा अन्य व्यक्तिहरु पनि घाइते भएको जनाइएको छ ।

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ मंसिर ५, सोमबार १०:५३

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ मंसिर ५, सोमबार १०:५३

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
  • २०७९ मंसिर ५, सोमबार १०:५३

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...

TOP