दिपायल – डोटीमा ५ बजे हुने भनेको मतगणना अझै सुरु हुन सकेको छैन । दिउँसो १ बजे बसेको सर्वपक्षीय बैठकले ५ बजे देखि मतगणना सुरु गर्ने सहमति गरे पनि कार्यान्वन हुन सकेको छैन ।
सर्वपक्षीय बैठकले सबै पालिकाका मतपेटिका मिक्स गरेर मतगणना गर्ने सहमति गरेको थियो । तर प्रतिनिधि सभाका लागि अझबन्धनका उम्मेदवार प्रेम बहादुर आले मगर र अन्य उम्मेदवारहरुले वडा अनुसार पेटी खोलेर मतगणना गर्नु पर्ने भने पछि मतगणना सुरु हुन सकेको छैन ।
मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले सर्वपक्षीय बैठकमा भएको सहमति र कार्यविधिमा भएको व्यवस्था अनुसार मतगणना गर्नु पर्ने बताउँदै आएका छन् ।
निर्वाचन कार्यालयका अनुसार जिल्लामा ६४ हजार ५८ मत खसेको थियो । प्रतिनिधि सभा र प्रदेशसभाका लागि डोटीका १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जिल्लाको एक मात्र प्रतिनिधि सभा सदस्य सिटमा ६ जनाको उम्मेदवारी रहेको छ ।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...