Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

डोटीमा प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना एकै पटक सुरु


दिपायल – डोटीमा मतगणना कार्य सुरु भएको छ । एउटा प्रतिनिसभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको डोटीमा ७ :१० बजे मतगणना कार्य सुरु गरिएको हो ।

Advertisement

दिउँसो बसेको सर्वपक्षीय बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा दुवै तर्फको मतगणना एकै पटक सुरु गर्ने सहमति भए अनुसार मतगणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले बताउनु भयो । ५ बजे सुरु गर्ने भनेको मतगणना वडा अनुसार गर्नेकी मिक्स गरेर गर्ने भन्ने विषय विवाद देखिएको थियो । वडा अनुसार मत गणना गर्ने सहमति पछि मतगणना सुरु भएको हो ।

Advertisement

सुरुवातमा बडीकेदर गाउँपालिका – ४ मान्नाकापडीका २ वटा मतपेटिका खोलिएको छ। जसमा एक हजार २ सय ५२ मत रहेका छन् । प्रदेश सभाको मतगणना पनि सँगै सुरु गरिने भएको छ ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा ६४ हजार ५८ मत खसेको थियो ।

प्रतिनिधि सभा र प्रदेशसभाका लागि डोटीका १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जिल्लाको एक मात्र प्रतिनिधि सभा सदस्य सिटमा ६ जनाको उम्मेदवारी रहेको छ ।

बर्तमान सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजबादी) का पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री प्रेमबहादुर आले मगरले उम्मेदवारी छन् । यस्तै नेकपा एमालेको तर्फबाट पार्टी पोलिट ब्युरो सदस्य तथा संबिधानसभा सदस्य गौरी वलीले उम्मेदवार रहेका छन् ।

रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, राप्रपाबाट अंकबहादुर खड्का उम्मेदवार छन् । नरेन्द्र बहादुर खड्का र राजप्रासाद जोशी स्वतन्त्र उम्मेदवार रहेका छन् ।

प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार आले, एमाले उम्मेदवार ओली र स्वतन्त्र उम्मेदवार खड्काको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेश सभा (क) को लागि ४ जना उम्मेदवार छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेस डोटी जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले उम्मेदवार छन् भने एमालेबाट जिल्ला अध्यक्ष चक्र मल्ल उम्मेदवार छन् । यस्तै हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेत्रनाथ योगी उम्मेदवार रहेका छन् ।

प्रदेश सभा (ख) को लागि ३ जनाको उम्मेदवार छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शिवसिंह ओली उम्मेदवार छन् भने एमालेबाट टेकबहादुर बम उम्मेदवार छन् । यस्तै, राप्रपाबाट मोहनबहादुर बम उम्मेदवार रहेका छन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP