दिपायल – डोटीमा मतगणना कार्य सुरु भएको छ । एउटा प्रतिनिसभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको डोटीमा ७ :१० बजे मतगणना कार्य सुरु गरिएको हो ।
दिउँसो बसेको सर्वपक्षीय बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा दुवै तर्फको मतगणना एकै पटक सुरु गर्ने सहमति भए अनुसार मतगणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले बताउनु भयो । ५ बजे सुरु गर्ने भनेको मतगणना वडा अनुसार गर्नेकी मिक्स गरेर गर्ने भन्ने विषय विवाद देखिएको थियो । वडा अनुसार मत गणना गर्ने सहमति पछि मतगणना सुरु भएको हो ।
सुरुवातमा बडीकेदर गाउँपालिका – ४ मान्नाकापडीका २ वटा मतपेटिका खोलिएको छ। जसमा एक हजार २ सय ५२ मत रहेका छन् । प्रदेश सभाको मतगणना पनि सँगै सुरु गरिने भएको छ ।
निर्वाचन कार्यालयका अनुसार जिल्लामा ६४ हजार ५८ मत खसेको थियो ।
प्रतिनिधि सभा र प्रदेशसभाका लागि डोटीका १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जिल्लाको एक मात्र प्रतिनिधि सभा सदस्य सिटमा ६ जनाको उम्मेदवारी रहेको छ ।
बर्तमान सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजबादी) का पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री प्रेमबहादुर आले मगरले उम्मेदवारी छन् । यस्तै नेकपा एमालेको तर्फबाट पार्टी पोलिट ब्युरो सदस्य तथा संबिधानसभा सदस्य गौरी वलीले उम्मेदवार रहेका छन् ।
रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, राप्रपाबाट अंकबहादुर खड्का उम्मेदवार छन् । नरेन्द्र बहादुर खड्का र राजप्रासाद जोशी स्वतन्त्र उम्मेदवार रहेका छन् ।
प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार आले, एमाले उम्मेदवार ओली र स्वतन्त्र उम्मेदवार खड्काको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रदेश सभा (क) को लागि ४ जना उम्मेदवार छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेस डोटी जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले उम्मेदवार छन् भने एमालेबाट जिल्ला अध्यक्ष चक्र मल्ल उम्मेदवार छन् । यस्तै हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेत्रनाथ योगी उम्मेदवार रहेका छन् ।
प्रदेश सभा (ख) को लागि ३ जनाको उम्मेदवार छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शिवसिंह ओली उम्मेदवार छन् भने एमालेबाट टेकबहादुर बम उम्मेदवार छन् । यस्तै, राप्रपाबाट मोहनबहादुर बम उम्मेदवार रहेका छन् ।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...