
कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लेखराज भट्टले अग्रता लिएका छन् ।
भट्टले ७५२७ र काग्रेसका वीरबहादुर बलायरले ६८४३ मत प्राप्त गरेका छन् । हिजो दिउसोदेखि मत गणना सुरु भएको थियो । हालसम्म मोहन्याल गाउँपालिका ५, चुरे गाउँपालिकाका सबै वडा र गोदावरी नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ भने गौरीगंगा नगरपालिकाका सबै वडा र गोदावरी नगरपालिकाको वडा नम्बर १ बाहेकका सबै वडाको मत गणना बाँकी नै रहेको छ ।



