२०८३ जेष्ठ २५
June 8, 2026, Monday

डोटी प्रदेश सभा “ख”मा कडा प्रतिस्पर्धा ११२ मतले बम अगाडी


दिपायल – डोटी प्रदेश सभा “ख”मा गठबन्धन र एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा भैरहेको छ । सुरुवात देखि झिनो मतले उम्मेदवारहरु अगाडी पछाडी देखिएका छन् ।

यो समाचार तयार गर्दासम्म प्रदेश सभा “ख” तर्फ नेकपा एमालेका उम्मेदवार टेक बमको अग्रता रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार १४ हजार २७९ मत गणना गर्दा बमले ६ हजार ५९४ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) का तर्फबाट गठबन्धनका उम्मेदवार शिवसिंह ओलीले ६ हजार ४८४ मत प्राप्त गर्नु भएको छ । राप्रपाका उम्मेदवार मोहन बहादुर बलमे ४९४ मत प्राप्त गर्नु भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा दुवैको पूर्ण मतपरिणाम आउँन बाँकी छ ।

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP