दिपायल – डोटी प्रदेश सभा “क”मा कांग्रेस सभापति र एमाले अध्यक्षबीच कडा प्रतिस्पर्धा भैरहेको छ । गठबन्धनका तर्फबाट कांग्रेस जिल्ला सभापति नरेन्द्र बहादुर सिंह र एमाले जिल्ला अध्यक्ष चक्र बहादुर मल्ल आमनेसामने छन् ।
गठबन्धन र एमाले उम्मेदवारबीच सुरुवात देखि झिनो मतले उम्मेदवारहरु अगाडी पछाडी देखिएका छन् ।
यो समाचार तयार गर्दासम्म उनीहरु बीच कडा प्रतिसपर्धा देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभा “क” तर्फको १४ हजार ६१३ मत गणना गर्दा एमाले उम्मेदवार मल्ल ७ हजार २३३ मत सहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार नरेन्द्र बहादुर सिंह ६ हजार ४१ मत सहित दोस्रो स्थानमा छन् ।
हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ७०९ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका उम्मेदवार नेत्र नाथले १५१ मत प्राप्त गर्नु भएको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...
माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...
केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...