दिपायल- डोटीमा प्रतिनिधि सभा र प्रदेश सभा तर्फको मतगणना जारी रहेको छ । सोमबार ७ ः १० बजे देखि सुरु भएको मतगणनामा प्रतिनिधि सभा र प्रदेश सभाको सँगसँगै गणना भैरहेको छ ।
एउटा मात्रै प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको डोटीमा १३ जना उम्मेदवार रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का तर्फबाट गठबन्धनका उम्मेदवार प्रेम बहादुर आले मगर फराकिलो मतान्तरले सुरुवात देखि अग्र स्थानमा हुनुहुन्छ । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार गौरी वलीले पञ्छ्याई राख्नु भएको छ ।
प्रतिनिधि सभा तर्फको १५ हजार १५८ मत गणना हुँदा आले फराकीलो मतान्तरले अगाडी हुनुहुन्छ । समाचार तयार पार्दासम्म उहाँले ८ हजार ३०२ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी एमालेका वलीले ४ हजार ९९८ मत प्राप्त गर्नु भयो ।
प्रतिनिधि सभा सदस्यका लागि डोटीमा ६ जना उम्मेदवार रहनु भएको छ । स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्का ६२६ मत ल्याउँदै तेस्रो स्थानमा हुनुहुन्छ भने राप्रपाका अंकबहादुर खड्काले १६५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशब बलायरले ७१ मत प्राप्त गर्नु भएको छ भने अर्का स्वतन्त्र उम्मेदवार राजप्रशाद जोशीले १६ मत प्राप्त गर्नु भएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र “क” र “ख” दुवैमा एमालेका उम्मेदवारले अग्रता लिनु भएको छ । प्रदेश सभाका दुवै निर्वाचनमा कडा प्रतिस्पर्धा भैरहेको छ । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले दिनुभएको जानकारी अनुसार प्रदेश सभा “क” तर्फको १४ हजार ६१३ मत गणना गर्दा एमाले उम्मेदवार चक्र बहादुर मल्ल ७ हजार २३३ मत सहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार नरेन्द्र बहादुर सिंह ६ हजार ४१ मत सहित दोस्रो स्थानमा हुनुहुन्छ । मल्ल नेकपा एमालेका जिल्ला अध्यक्ष हुनुहुन्छ भने सिंह नेपाली कांग्रसका सभापति हुनुहुन्छ ।
हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ७०९ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका उम्मेदवार नेत्र नाथले १५१ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै, प्रदेश सभा “ख” तर्फ पनि नेकपा एमालेका उम्मेदवार टेक बमको अग्रता रहेको छ । १४ हजार २७९ मत गणना गर्दा उहाँले ६ हजार ५९४ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) का तर्फबाट गठबन्धनका उम्मेदवार शिवसिंह ओलीले ६ हजार ४८४ मत प्राप्त गर्नु भएको छ । राप्रपाका उम्मेदवार मोहन बहादुर बलमे ४९४ मत प्राप्त गर्नु भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा दुवैको पूर्ण मतपरिणाम बुधबार बिहानसम्म आउने मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डोटीमा ६४ हजार ५८ मत खसेको छ ।
दुई नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको डोटीमा स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लैले ७ वटा पालिका अध्यक्ष उपाध्य सहित बहुमतले जितेको थियो भने एक पालिकामा उपाध्यक्ष सहित तीव वडाध्यक्ष जितेको थियो । स्थानीय निर्वाचनमा गठबन्धन बिना नै कांग्रेसले ३४ हजार ४७ मत पाउँदा एमाले २४ हजार ९१६ मत पाएको थियो । माओवादीले ७ हजार ७८९, नेकपा एकीकृत समाजवादीले ३ हजार २०५ र राप्रपाले ९८७ मत पाएको थियो ।
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं....
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८...
२२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न...