
दिपायल- डोटी प्रदेश सभा (ख) मा नेकपा एमाले र नेकपा ( माओवादी केन्द्र ) का बीच रोचक प्रतिस्पर्धा भइरहेको छ। “ख” मा नेकपा माओवादी केन्द्रका शिव सिंह ओली र एमालेका टेक बम बीच प्रतिस्पर्धा भइरहेको छ।
सुरुवातमा अग्रता लिएका माओवादी केन्द्रका उम्मेदवार ओली बीचमा पछि परेका थिए । पछिल्लो मतपरिणाम अनुसार ओली ११३ मत सहित अघि लागेका छन् । उनलाई एमाले उम्मेदवार बमले पछ्याउँदै छन् । सुरुवात देखि थोरै मतान्तरले ओली र बम अघि पछि हुँदै आएका छन् ।
२२ हजार ७१४ मत गणना हुँदा ओलीले १० हजार २९३ मत प्राप्त गरेका छन् भने बमले १० हजार १८२ मत प्राप्त गरेका छन् ।
राप्रपाका मोहन बमले ९५८ मत प्राप्त गरेका छन् भने १ हजार २८१ मत बदर भएका छन् ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...