दिपायल- डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका उम्मेदवार शिवसिंह ओली विजयी हुनु भएको छ । नेकपा माओदीका तर्फबाट उम्मेदवार बनेको ओली नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गर्दै विजयी हुनु भएको हो ।
प्रदेश सभा “ख” मा खसेको ३० हजार २३४ मत मध्य ओलीले १४ हजार ४७ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्दी बलमे १३ हजार १२८ मत प्राप्त गर्नु भयो ।
राप्रपाका उम्मेदवार मोहन बहादुर बमले एक हजार ३२७ मत मात्रै प्राप्त गर्नु भएको छ । एक हजार ७ सय ३२ मत बदर भएको छ । ओली र बमका बीच मतगणा सुरु भए देखि नै कडा पर्तिस्पर्धा भएको थियो ।
डोटीमा प्रतिनिधि सभा तर्फ गठबन्धनका उम्मेदवार प्रेम बहादुर आले मगर फराकिलो मतान्तरले अगाडी हुनुहुन्छ भने प्रदेश सभा “क” मा एमाले उम्मेदवार चक्र बहादुर मल्ल अगाडी हुनुहुन्छ ।
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...