
दिपायल– डोटी प्रदेश सभा “क” मा एमाले उम्मेदवार चक्र बहादुर मल्ल विजयी हुनु भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मल्लले कांग्रेस जिल्ला सभापति नरेन्द्र बहादुर सिंहलाई सामान्य मतान्तरले पराजित गर्नु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार डोटी प्रदेश सभा “क” तर्फ ३३ हजार ३२२ मत खसेको थियो । मल्ल १५ हजार २७९ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी सिंहले १४ हजार ८२९ मत प्राप्त गर्नु भयो ।
हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ४५० मत प्राप्त गर्नु भयो भने राप्रपाका उम्मेदवार नेत्र नाथले ७५५ मत प्राप्त गर्नु भयो । एक हजार ९१९ म तबदर भएको छ ।
डोटीको प्रदेश सभा “ख” मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिव सिंह ओली विजयी हुनु भएको छ । प्रतिनिधि सभातर्फ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले भारी मतान्तरले अग्रेणी स्थानमा हुनुहुन्छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...