२०८३ भाद्र २
August 18, 2026, Tuesday

सबै भन्दा बढी कर बुझाउने डोटीका व्यवसायी साउँद सम्मानित

Advertisement

दिपायल – डोटीमा आर्थिक वर्ष ०७८-०८९मा लक्ष्य भन्दा बढी कर सङ्कलन भएको छ ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७८-७९मा जिल्लामा १३ करोड ७० लाख कर सङ्कलन गर्ने लक्ष्य लिएको भएपनी २४ करोड ६६ लाख ९ सय १५ रुपैयाँ कर सङ्कलन भएको करदाता सेवा कार्यालय डोटीका प्रमुख विनोद सिंह महताले बताए ।

कार्यालय प्रमुख महताका अनुसार विभागको लक्ष्य भन्दा बढी कर सङ्कलन भएको र आगामी आर्थिक बर्षमा पनि सङ्कलन गर्न सकिने बताए । विभागले डोटीमा आर्थिक वर्ष २०७९/८० मा पनि करिब १९ करोडको लक्ष्य लिएकोमा मङ्सिर महिनाको पहिलो साता सम्म ६ करोड ९२ लाख ७ हजार राजस्व सङ्कलन भइसकेको र आर्थिक वर्ष समाप्त हुन सम्म लक्ष्य भन्दा बढी कर सङ्कलन हुने समेत प्रमुख महताले बताए ।

यस्तै करदाता सेवा कार्यालय डोटीले आर्थिक वर्ष २०७७-०७८ मा सबै भन्दा बढी कर बुझाउने करदाता विक्रम बहादुर साउँद लाई सम्मान गरेको छ ।

कार्यालयले मङ्सिर १ गते ७ गते सम्म कर दिवसको अवसरमा विभिन्न कार्यक्रम गदै सबैभन्दा बढी कर बुझाउने दिपायलमा व्यवसाय सञ्चालन गर्दै आइरहेका घटाल टे«डस एण्ड सप्लार्यका सञ्चालक साउँदलाई सम्मान गरेको हो ।

साउँदले एक आर्थिक बर्षमा १० लाख ८६ हजार १ सय ९५ कर बुझाएको कार्यालय प्रमुख महताले बताए । उनले भने डोटी जिल्लामा करदाता सेवा कार्यालय स्थापना हुँदा घर नजिक सेवाग्राहीले सहज रूपमा सेवा पाएका छन्, धेरै करदाताहरू सहभागी हुनुका साथै कर सङ्कलनमा वृद्धि भएको समेत प्रमुख महताले बताए ।

डोटी जिल्लामा करदाता सेवा कार्यालयमा ७ हजार १ सय ३८ करदाता दर्ता रहेका छन् जस मध्य भ्याटमा ३ सय ४८ र आयकरमा ६ हजार १ सय २ र अन्तशुल्कमा ७ सय ३० रहेको कार्यालयले जनाएको छ ।

२०७७ सालमा डोटी जिल्लामा स्थापना भएको करदाता सेवा कार्यालयले नयाँ प्यान दर्ता गर्ने, कर सङ्कलन, करचुक्ता, बजार अनुगमन, करशिक्षा सम्बन्धी विभिन्न कार्यहरू गर्दै आइरहेको छ । डोटीमा कार्यालय स्थापना हुनुभन्दा पहिले सेवा ग्राहीहरूले कैलालीको धनगढी बाट सेवा लिनुपर्ने बाध्यता रहेको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP