
अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनले ’क्लीन स्वीप’ गरेको छ । यहाँ प्रतिनिधी सभा सहित प्रदेशका दुवै क्षेत्रमा गठबन्धनले जित निकालेको छ ।
बुधबार राती सम्पन्न मतगणनामा प्रतिनिधी सभामा गठबन्धनका तर्फबाट कांग्रेसका वीर बहादुर बलायर विजयी भए । कैलाली ४ मा जम्मा ६४ हजार १५८ मत खसेकोमा उनले २६ हजार १७१ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका लेखराज भट्टले २२ हजार ५८७ मत पाएका छन् ।
त्यस्तै प्रदेश १ मा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारी वीजयी भएका छन् भने २ मा कांग्रेसका प्रकाश बहादुर बम विजयी भएका छन् । सोडारीले १३ हजार ४७९ मत पाँउदा प्रतिस्पधी नेकपा एमालेका भिम बहादुर देउवाले ९ हजार ४२३ मत पाएका छन् ।
बुधबार राती अन्तिम मतपरिणाम अनुसार प्रदेशसभा २ तर्फ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बमले १२ हजार ४७३ मत पाँउदा साँउदले ११ हजार ९५७ मत पाएका छन् । कैलाली ४ मा जम्मा ६४ हजार १५८ मत खसेको थियो ।
Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...
म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...