अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनले ’क्लीन स्वीप’ गरेको छ । यहाँ प्रतिनिधी सभा सहित प्रदेशका दुवै क्षेत्रमा गठबन्धनले जित निकालेको छ ।
बुधबार राती सम्पन्न मतगणनामा प्रतिनिधी सभामा गठबन्धनका तर्फबाट कांग्रेसका वीर बहादुर बलायर विजयी भए । कैलाली ४ मा जम्मा ६४ हजार १५८ मत खसेकोमा उनले २६ हजार १७१ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका लेखराज भट्टले २२ हजार ५८७ मत पाएका छन् ।
त्यस्तै प्रदेश १ मा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारी वीजयी भएका छन् भने २ मा कांग्रेसका प्रकाश बहादुर बम विजयी भएका छन् । सोडारीले १३ हजार ४७९ मत पाँउदा प्रतिस्पधी नेकपा एमालेका भिम बहादुर देउवाले ९ हजार ४२३ मत पाएका छन् ।
बुधबार राती अन्तिम मतपरिणाम अनुसार प्रदेशसभा २ तर्फ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बमले १२ हजार ४७३ मत पाँउदा साँउदले ११ हजार ९५७ मत पाएका छन् । कैलाली ४ मा जम्मा ६४ हजार १५८ मत खसेको थियो ।
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...