२०८३ आश्विन १
September 17, 2026, Thursday

अछाम–२ ‘क’ माओवादीका रावल विजयी

अछाम – सुदूरपश्चिम प्रदेश सभाको सदस्यमा अछाम–२ को ‘क’ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी भएका छन् । रावलले नेकपा (एमाले) उम्मेदवार भीमबहादुर विष्टलाई दुई हजार ७९७ मतान्तरले पराजित गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालय मङ्गलसेनले जानकारी दिएको छ ।

रावलले ११ हजार २२० मत प्राप्त गर्नुभएको भने विष्टले आठ हजार ४२३ मत प्राप्त गरेका छन् । अछाम–२ को ‘क’ मा २० हजार ६७९ मत खसेका थिए । पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका र कमलबजार नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म उक्त प्रदेश क्षेत्र पर्दछ ।

२०७४ को प्रदेशसभा निर्वाचनमा रावलले कांग्रेसका सुरतबहादुर विष्टलाई पराजित गरेर विजयी भएका थिए। तत्कालीन निर्वाचनमा रावलले १० हजार ९८१ मत प्राप्त गरेका थिए भने विष्टले नौ हजार ४० मत प्राप्त गरेर पराजित भएका थिए।

Advertisement

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP