२०७९ चैत्र १२
March 26, 2023, Sunday

अछाम–२ ‘क’ माओवादीका रावल विजयी

अछाम – सुदूरपश्चिम प्रदेश सभाको सदस्यमा अछाम–२ को ‘क’ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी भएका छन् । रावलले नेकपा (एमाले) उम्मेदवार भीमबहादुर विष्टलाई दुई हजार ७९७ मतान्तरले पराजित गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालय मङ्गलसेनले जानकारी दिएको छ ।

रावलले ११ हजार २२० मत प्राप्त गर्नुभएको भने विष्टले आठ हजार ४२३ मत प्राप्त गरेका छन् । अछाम–२ को ‘क’ मा २० हजार ६७९ मत खसेका थिए । पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका र कमलबजार नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म उक्त प्रदेश क्षेत्र पर्दछ ।

२०७४ को प्रदेशसभा निर्वाचनमा रावलले कांग्रेसका सुरतबहादुर विष्टलाई पराजित गरेर विजयी भएका थिए। तत्कालीन निर्वाचनमा रावलले १० हजार ९८१ मत प्राप्त गरेका थिए भने विष्टले नौ हजार ४० मत प्राप्त गरेर पराजित भएका थिए।

Advertisement

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ मंसिर ८, बिहीबार ०९:३८

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ मंसिर ८, बिहीबार ०९:३८

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
  • २०७९ मंसिर ८, बिहीबार ०९:३८

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...

TOP