२०८३ श्रावण ११
July 27, 2026, Monday

यी हुन् सुदूरपश्चिमबाट विजयी भएका ३३ जनप्रतिनिधि


दिपायल- प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला बाहेक अन्य ठाउँमा जारी छ भने अधिकांश ठाउँको नतिजा आइसकेको छ ।

Advertisement

पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभातर्फका १० सिट र प्रदेश सभातर्फका २२ सिट गरेर ३२ सिटको अन्तिम नतिजा सार्वजनिक भएको छ । १६ सिटको नतिजा आउँन बाँकी छ । सुदूरपश्चिममा प्रतिनिधि सभातर्फ १६ र प्रदेश सभातर्फ ३२ सिट रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार सुदूरपश्चिममा सत्ता गठबन्धनले बढी सिट जितेको छ । गठबन्धनले प्रतिनिधि सभातर्फ ९ सिट जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले १ सिट जितेको छ ।
प्रदेश सभातर्फ पनि गठबन्धन अगाडी रहेको छ । नतिजा सार्वजनिक भएका प्रदेश सभाका २३ सिटमध्य नेपाली काँग्रेसले ८ सिट, नेकपा माओवादी केन्द्रले ७ सिट, नेकपा एमालेले ३ सिट, नेकपा एकिकृत समाजवादीले २ सिट, नागरिक उन्मुक्ति पार्टीले २ सिट र स्वतन्त्रले १ सिट जितेका छन् ।

प्रतिनिधि सभातर्फ

१. शेरबहादुर देउवा (नेपाली कांग्रेस ) डडेल्धुरा
२. वीरबहादुर बलायर (नेपाली कांग्रेस ) कैलाली, ४
३. रमेश लेखक (नेपाली कांग्रेस ) कञ्चनपुर, ३
४. नारायणप्रकाश साउँद (नेपाली कांग्रेस ) कञ्चनपुर, २
५. गङ्गाराम चौधरी (नागरिक उन्मुक्ति) कैलाली, ३
६. दिलेन्द्रप्रसाद बडू (नेपाली कांग्रेस ) दार्चुला
७. भानुभक्त जोशी (नेकपा एकिकृत समाजवादी) बझाङ
८. प्रेमबहादुर आले (नेकपा एकिकृत समाजवादी) डोटी
९. शेरबहादुर कुँवर (नेकपा एकिकृत समाजवादी) अछाम १
१०. पुष्पबहादुर शाह (नेपाली कांग्रेस ) अछाम २

प्रदेश सभातर्फ

१. खगराज भट्ट (नेकपा माओवादी केन्द्र) डडेल्धुरा (क)
२. डाक्टर ताराप्रसाद जोशी (स्वतन्त्र) डडेल्धुरा (ख)
३. प्रकाश रावल (नेकपा एकिकृत समाजवादी) कञ्चनपुर ३ (क)
४. बेलबहादुर राना मगर (नेपाली कांग्रेस ) कञ्चनपुर ३ (ख)
५. ओमविक्रम भाट (नेकपा माओवादी केन्द्र) कञ्चनपुर २ (क)
६. बहादुरसिंह थापा (नेपाली कांग्रेस ) कञ्चनपुर २ (ख)
७. दिवानसिंह विष्ट (नेपाली कांग्रेस ) कञ्चनपुर १ (क)
८. वीरबहादुर थापा (नेकपा एमाले) कञ्चनपुर १ (ख)
९.घनश्याम चौधरी (नागरिक उन्मुक्ति) कैलाली, ३ (क)
१०. खुशीराम डगौरा थारू (नागरिक उन्मुक्ति) कैलाली, ३ (ख)
११. दीर्घबहादुर सोडारी (नेकपा एकिकृत समाजवादी) कैलाली, ४ (क)
१२. प्रकाशबहादुर बम (नेपाली कांग्रेस) कैलाली, ४ (ख)
१३. विक्रमसिंह धामी ( नेपाली काँग्रेस) दार्चुला (क)
१४. मानबहादुर धामी (नेकपा माओवादी केन्द्र) दार्चुला (ख)
१५. सुरेन्द्रबहादुर पाल (नेकपा एमाले) बैतडी (क)
१६. शिवराज भट्ट (नेपाली कांग्रेस ) बैतडी (ख)
१७. पृथ्वीबहादुर सिंह (नेपाली कांग्रेस ) बझाङ (क)
१८. भीमबहादुर भण्डारी (नेकपा माओवादी केन्द्र) बझाङ (ख)
१९. चक्र बहादुर मल्ल (नेकपा एमाले) डोटी (क)
२०. शिवसिंह ओली (नेकपा माओवादी केन्द्र) डोटी (ख)
२१. मेघराज खड्का (नेपाली कांग्रेस ) अछाम १ (क)
२२. झपटबहादुर साउँद (नेकपा माओवादी केन्द्र) अछाम १ (ख)
२३. अक्कल रावल (नेकपा माओवादी केन्द्र) अछाम २ (क)

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP