२०८३ श्रावण ११
July 27, 2026, Monday

प्रतिनिधि सभा जितेको समाजवादीले समानुपातिकमा २ हजार ३७३ मत मात्रै पायो


दिपायल- एउटा मात्रै प्रतिनिभि सभा रहेको डोटीमा नेकपा (एकिकृत समाजवादी) पार्टीले समानुपातिक तर्फ २ हजार ३७३ मत मात्रै पाएको छ ।

Advertisement

प्रतिधिसभामा प्रत्यक्षतर्फ समाजवादीका प्रेम बहादुर आले मगर २७ हजार २१० मत सहित विजयी भएका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका आले गठबन्धनकै मतले विजयी भएका थिए । समानुपातिक तर्फको मत हेर्दा उनको पार्टी जिल्लामा कमजोर देखिएको छ ।

प्रतिनिधी सभातर्फ समानुपातिक नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येका अनुसार प्रतिनिधी सभामा कांग्रेसले २२ हजार ५ सय १६ मत पाएको छ भने नेकपा एमालेले २२ हजार ४ सय ५६ मत पाएको छ । कांग्रेसले एमाले भन्दा ६० मत बढी प्राप्त गरेको हो । तेस्रो स्थानमा भने नेकपा माओवादी केन्द्र रहेको छ । केन्द्रले ६ हजार ९ सय २४, एकिकृत समाजबादीले २ हजार ३ सय ७३ र राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार २ सय ४८ मत प्राप्त गरेको छ ।

उता प्रदेश सभा तर्फ भने नेकपा एमालेको अग्रता छ । एक प्रतिनिधी सभा तथा २ प्रदेश सभा सदस्य सीट रहेको डोटीमा प्रदेश तर्फ कुल मत एमालेले २२ हजार ७ सय ५३ मत पाएको छ । जसमा एमालेले प्रदेश १ बाट १३ हजार ९५ र २ बाट ९ हजार ६ सय ५८ मत जोडेको छ ।

कांग्रेसले प्रदेश सभा १ मा १२ हजार ४६ तथा प्रदेश २ बाट ९ हजार ७ सय ९१ मत गरी कुल २१ हजार ८ सय ३७ मत पाएको छ । कांग्रेसले प्रदेश २ मा एमालेभन्दा बढी मत बटुलेपनि प्रदेश १ मा कम मत पाएको छ । माओवादीकेन्द्रले प्रदेश १ बाट एक हजार ९ सय ८० तथा प्रदेश २ बाट ४ हजार ३ सय १८ मत गरी कुल ६ हजार २ सय ९८ पाएको छ । एकिकृत समाजबादीले ३ हजार ८ सय ३३ मत मात्र ल्याएको छ जसमा प्रदेश १ बाट एक हजार ७ सय ४३ तथा प्रदेश सभा २ मा २ हजार ९० मत पाएको थियो ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP