२०८३ असार २६
July 10, 2026, Friday

डोटीमा १४ हजार ३५६ मत बदर


दिपायल- डोटीमा प्रत्यक्ष र समानुपातिक गरेर १४ हजार ३५६ मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार ठुलो मात्रा मत बदर भएको हो ।

प्रत्यक्ष तर्फकोे ८ हजार ६२० र समानुपातिक तर्फको ५ हजार ७३६ मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्य ८ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ ।

समानुपातिकतर्फ ६४ हजार २७८ मत खसेको थियो । जसमध्य ५८ हजार ५४२ मत सदर हुँदा ५ हजार ७३६ म तबदर भएको हो ।

एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको डोटीमा प्रतिनिधि सभातर्फको ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सभा (क) तर्फ ३३ हजार ३२२ मत खसेको थियो । जसमध्य एक हजार ९१९ मत बदर भएको छ । ३० हजार २३४ मत खसेको प्रदेश सभा (ख) तर्फ एक हजार ७ सय ३२ मत बदर भएको छ ।
प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का प्रेम बहादुर आले मगर ४ हजार २०६ मतको अन्तरले विजयी हुनुभएको छ । प्रदेश सभा (क) मा नेकपा एमालेका चक्र मल्ल ४५० मतको अन्तरले मात्रै विजयी हुनुभएको छ भने प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली ९१८ मतको अन्तरले मात्रै विजयी हुनुभएको छ ।

उम्मेदवार बीचको मतान्तर हेर्दा बदर मतको संख्या घटेको अवस्थामा नतिजा फरक आउने देखिन्छ । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको संख्या बढेको उम्मेदवारहरुको गुनासो रहेको छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP