
दिपायल- शिखर नगरपालिकाले लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ । “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” नारासहित हिंसाविरुद्ध महिला डेउडा प्रतियोगिताको आयोजना गरेर अभियानको सुरु गरिएको हो ।
डेउडा प्रतियोगितामा नगरका ११ वटै वडाहरुबाट प्रतियोगि टीम सहभागि रहेको महिला तथा बालबालिका शाखा प्रमुख सुमित्रा गुरुङले बताइन् । प्रतियोगितामा वडा नम्बर ६ को टीम प्रथम, वडा नं. २ को टीम दोस्रो र वडा नं. ३ को टीम तेस्रो भएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टीमलाई नगद सहित र अन्य सहभागी टीमलाई सान्त्वना पुरस्कार वितरण गरिएको उनले बताइन् ।
महिलाहरुले डेउडा गीत मार्फत आफ्ना पीडा वेदना पोखुन र लैङ्गिक हिंसा विरुद्ध गीत मार्फत नै एकअर्कालाई सचेत गराउन भन्ने उद्येश्यले प्रतियोगिता गरेर अभियानको सुरुवात गरिएको नगर उप–प्रमुख सुनिता रावलले बताइन् । अभियानको थालनीसँगै १६ दिनसम्म विभिद कार्यक्रम गरि लैङ्गिक हिंसा विरुद्धको अभियान मनाइने उनले बताइन् ।
कार्यक्रमकै बीच नगरका दुई जना संघर्षशील महिलाहरुलाई सम्मान गरिएको छ । लेखपढ नभए पनि व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर भएको र महिला हिंसामा परेका व्यक्तिहरुका लागि वकालत र सहयोग गरेको भन्दै वडा नं. ६ की पार्वती बलायरलाई सम्मान गरिएको छ । त्यस्तै विवाह गरेको एक वर्षमै विधुवा भएर संघर्षशील जीवनयापन गर्दै आएकी वडा नं. ११ की पुनी बलायरलाई सम्मान गरिएको हो ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...