२०८३ श्रावण १३
July 29, 2026, Wednesday

लैङ्गिक हिंसाविरुद्ध डेउडा प्रतियोगिता


दिपायल- शिखर नगरपालिकाले लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ । “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” नारासहित हिंसाविरुद्ध महिला डेउडा प्रतियोगिताको आयोजना गरेर अभियानको सुरु गरिएको हो ।

Advertisement

डेउडा प्रतियोगितामा नगरका ११ वटै वडाहरुबाट प्रतियोगि टीम सहभागि रहेको महिला तथा बालबालिका शाखा प्रमुख सुमित्रा गुरुङले बताइन् । प्रतियोगितामा वडा नम्बर ६ को टीम प्रथम, वडा नं. २ को टीम दोस्रो र वडा नं. ३ को टीम तेस्रो भएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टीमलाई नगद सहित र अन्य सहभागी टीमलाई सान्त्वना पुरस्कार वितरण गरिएको उनले बताइन् ।

महिलाहरुले डेउडा गीत मार्फत आफ्ना पीडा वेदना पोखुन र लैङ्गिक हिंसा विरुद्ध गीत मार्फत नै एकअर्कालाई सचेत गराउन भन्ने उद्येश्यले प्रतियोगिता गरेर अभियानको सुरुवात गरिएको नगर उप–प्रमुख सुनिता रावलले बताइन् । अभियानको थालनीसँगै १६ दिनसम्म विभिद कार्यक्रम गरि लैङ्गिक हिंसा विरुद्धको अभियान मनाइने उनले बताइन् ।

कार्यक्रमकै बीच नगरका दुई जना संघर्षशील महिलाहरुलाई सम्मान गरिएको छ । लेखपढ नभए पनि व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर भएको र महिला हिंसामा परेका व्यक्तिहरुका लागि वकालत र सहयोग गरेको भन्दै वडा नं. ६ की पार्वती बलायरलाई सम्मान गरिएको छ । त्यस्तै विवाह गरेको एक वर्षमै विधुवा भएर संघर्षशील जीवनयापन गर्दै आएकी वडा नं. ११ की पुनी बलायरलाई सम्मान गरिएको हो ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP