२०८३ श्रावण १३
July 29, 2026, Wednesday

भूकम्प पीडितलाई प्रवासी नेपालीको सहयोग


दिपायल – भारत प्रवासमा रहेका नेपालीहरुले डोटीका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका- ३ गौरा गाउँका भूकम्प पीडितलाई राहत स्वरुप आर्थिक सहयोग गरेका हुन् ।

Advertisement

रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा कार्यरत नेपालीहरुले रकम जम्मा गरेर भूकम्पमा परिवारका सदस्य गुमाएका पीडितलाई आर्थिक सहयोग गरेका हुन् ।

डोटीको सायल गाउँपालिका – ६ साउदनारा घर भएका युवा टेक बहादुर साउँदले प्रवासमा सञ्चालन गरेको अभियानबाट ६२ हजार ६०० नेपाली रकम जम्मा भएको थियो। प्रवासमा संकलन भएको सो रकम डेउडा प्रतिष्ठान डोटीका अध्यक्ष शेर साउँदले शुक्रबार भूकम्प पीडितकै गाउँमा पुगेर हस्तानतरण गरिएको हो।वडा सदस्य भीम बहादुर खड्काको रोहबरमा सहयोग हस्तान्तरण गरिएको हो ।

गृह जिल्ला भूकम्पका कारण शोक र त्रासमा रहेका बेला प्रवासबाट नजिकका साथीभाइहरुसँग अनुरोध गरेर तत्काल राहत स्वरुप आर्थिक सहयोग गरेको अभियन्ता टेक बहादुर साउँदले बताए । संकलन भएको केहीदिनमै पठाउने भनेको रकम निर्वाचनका कारण ढिला भएको बताउँदै उनले सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेकाले पूर्व तयारीका लागि नेपाल सरकार र सरोकारवाला जुट्नु पर्ने बताए।

भारतमा रोजगारी गर्दै आएका एक जनाको घर पुगेकै दिन भूकम्पका कारण घर भत्किँदा निधन भएको थियो,” साउदले भने,”घटनामा उनकी छोरीको पनि निधन भयो । श्रीमती गम्भीर घाइते हुनुभयो । त्यो सुनेर झनै पीडाबोध भयो र अभियान चलायौं ।”, हाम्रो सहयोग सानो हो तर त्यो सहानुभूति र राहत हो उनले भने ।

“भूकम्प मात्रै नभएर सो क्षेत्र अन्य कारणले पनि जोखिममा रहेको छ,”डेउडा प्रतिष्ठानका अध्यक्ष साउँदले भने,” त्यहाँका जनता सडक, बाढी पहिरो र जंगली जनावरका कारण पनि जोखिममा छन् । दीर्घकालीन समस्या समाधानका लागि सरकार र सरोकारवाला निकाय गम्भीर हुन जरुरी छ ।”

कार्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका ६ जनाको मृत्यु भएको थियो ।

भूकम्प पीडा: भारतबाट आएका प्रेम परिवारसँग एक रात पनि निदाउन पाएनन्

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP