२०८० मंसिर १७
December 3, 2023, Sunday

मुटुरोग पीडित कैलाशको जीवन रक्षाका लागि सहयोगको याचना

दिपायल– केआईसिंह गाउँपालिका ६ भाटीगाउँका कैलाश भाट मुटु सम्बन्धी समस्याले जीवन मरणको दोसाँधमा छन् । काठमाण्डौं स्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराइरहेका २७ बर्षिय भाट आर्थिक संकटको अभावले सल्यक्रिया गर्न सकिरहेका छैनन् । उनलाई मुटुको भल्भ फेर्नु पर्ने चिकित्सकको सल्लाह छ ।

आर्थिक अवस्था कमजोर रहेका भाटले काठमाण्डौंको लामो बसाई , औषधी तथा कुरुवा लगायत खर्च धान्न आफुलाई संकट परेको गुनासो गरेका छन् । चिकित्सकले मंसिर ११ गतेबाट अस्पतालमा भर्नाका लागि समय तोकेपनि आर्थिक समस्याका कारण खर्च जुटाउन काठमाडौंमा तड्पीरहेको उनले बताए । ‘परिवारमा आयस्रोत भएको व्यक्ति कोही छैन, यो उमेरमा मुटुको समस्याले झेल्यो’, भाटले दुखित हुँदै सहयोगका लागि याचना गरे, ‘जीवनको कठिन परिस्थितीमा मलाई सहयोग गर्नेहरु प्रति सदैब क्रृणी हुनेछु ।’

जीवन रक्षाका लागि सहयोग गरिदिन उनको अपिल छ । उनले आफ्नो नाममा रहेको एनएमबि बैंक दिपायल शाखाको खाता नम्बर ०१८०१७९७७७००००१२ मा सहयोग रकम जम्मा गर्न मनकारीहरुलाई आग्रह गरेका छन् ।

Advertisement

Related News

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
  • २०७९ मंसिर १०, शनिबार १६:५०

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ मंसिर १०, शनिबार १६:५०

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ मंसिर १०, शनिबार १६:५०

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

TOP