
कैलाली – कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ मंगलपुरमा प्रदेश २–०३–०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर युवकको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ बस्ने ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...