२०८३ भाद्र २
August 18, 2026, Tuesday

डोटीका ६ जना उम्मेदवारको जमानत जफत


दिपायल – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी ६ जना उम्मेदवारहरुको जमानत (धरौटी) जफत हुने भएको छ । एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको डोटीमा १३ जनाको उम्मेदवारी परेको थियो । जसमध्य ६ जनाको जमानत जफत हुने भएको छ ।

Advertisement

निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी करुणकर पन्तले जानकारी दिनु भयो । जफत भएको जमानत र जमानत फिर्ता लिन उम्मेदवार नआए सो रकम समेत नेपाल सरकारको राजस्वमा जम्मा हुने उहाँले बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको तथ्याङ्क अनुसार प्रतिनिधि सभाका ३ जना र प्रदेश सभाका ३ जना गरी ६ जनाको जमानत जफत हुने छ । ५ जना दलहरुका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारको जमानत जफत हुने भएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६३ हजार ५५२ मत खसेकोमा ५४ हजार ९३२ मत सदर भएको थियो । यो क्षेत्रमा जमानत सुरक्षित गर्न ५ हजार ५९४ मत ल्याउनुपथ्र्यो । ६ जना उम्मेदवार रहेको प्रतिनिधिसभामा ३ जनाले जमानत सुरक्षित गर्न सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अंकबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायर र स्वतन्त्र उम्मेदवार राज प्रसाद जोशीको जमानत जफत हुने भएको हो । खड्काले ८०२, बलायर ले ७७४ र जोशीले १०४ मत मात्रै प्राप्त गर्नु भएको थियो ।

प्रदेशसभा “क” मा प्रत्यक्षतर्फ ४ जनाको उम्मेदवारी रहेकोमा २ जनाले जमानत सुरक्षित गर्न सक्नु भएन । यो क्षेत्रमा ३३ हजार ३२२ मत खसेकोमा ३१ हजार ३३१ मत सदर भएको थियो । यहाँ जमानत सुरक्षित गर्न कम्तीमा ३ हजार १३४ मत आवश्यक थियो । प्रदेश सभा सदस्यका उम्मेदवार हाम्रो नेपाली पार्टीका शैलेन्द्र खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्र नाथको जमानत जफत हुने भएको छ । खड्काले ५४० र नाथले ७५५ मत मात्रै प्राप्त गर्नु भएको थियो ।

त्यस्तै प्रदेशसभा “ख” मा प्रत्यक्षतर्फ ३ जनाको उम्मेदवारी परेको थियो । जसमध्य राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहन बहादुर बमको जमानत जफत हुने भएको छ । यस क्षेत्रमा ३० हजार २३४ मत खसेकोमा २८ हजार ५०२ मत सदर भएको थियो । जमानत सुरक्षित गर्नका लागि २ हजार ८५१ मत आवश्यक पर्छ । उम्मेदवार बमले एक हजार ३२७ मत मात्रै प्राप्त गर्नुभएको थियो ।

यहाँ प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेम बहादुर आलेमगर विजयी हुनुभएको छ । प्रदेश सभा सदस्यमा प्रतिनिधि सभा (क) बाट नेकपा एमालेका उम्मेदवार चक्र मल्ल र प्रदेश सभा (ख) बाट नेकपा –माओवादी केन्द्र) का उम्मेदवार शिवसिंह ओली विजयी हुनुभएको छ ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP