गणेश मौनी/दिपायल- डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका भूकम्प पिडीतहरु भूकम्प गएको तिन साता बित्दा पनी त्रिपालमुनी बासँ बस्न बाध्य रहेका छन् ।
तत्कालको लागि राहात र अस्थायी बसाई ब्यवस्थापनको लागि स्थानीय सरकार विभिन्न संघ संस्थाहरुले खाद्यान्न, त्रिपाल लुगाकपडा भाडाकुडाको ब्यवस्थापन गरेपनी हाल सम्म अस्थायी टहरा र स्थायी पुननिर्माणको लागि भने कुनै टुंगो लागेको छैन् ।
स्थायी पुननिर्माणको लागि प्रदेश सरकार, संधिय सरकार र विभिन्न निकाएहरु संग समन्वय भईरहेको भएपनि कसले बनाउन्छ भन्ने विषयमा हाल सम्म कुनै टुंगो नलागेको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए । स्थलगत अनुगमनको लागि यसै साता भित्र प्राधिकरणकाको टोली आउने जानकारी छ आउन्छ आउदैन अहिले नै भन्न सकिदैन् अध्यक्ष उपाध्यायले बताए ।
भूकम्प प्रभाबितहरुका लागि पुर्बिचौकी गाउँपालिकाले अस्थायी टहरा निमार्ण गर्ने गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए ।
गाउँपालिका अन्र्तगतका सयौ घरपरिवार भूकम्पबाट प्रभाबित छन्, हिउदको चिसो समय सुरु भईसकेको छ त्यसैले तत्कालको लागि पालिकाले अस्थायी टहरा निमार्णको लागि पहल गर्ने बताए ।
पुर्बिचौकी गाउँपालिका अन्र्तगत १ हजार ११ घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने त्यस्तै १ सय २० घर भत्केका, ३ हजार ३७ घरधुरी पूर्ण रुपमा बिस्तापीत भएका समेत अध्यक्ष उपाध्यायले बताए ।
पूर्ण रुपमा भत्केका ब्यक्तिहरुको घर पुननिर्मार्ण गर्नका लागि प्राधिकरण, प्रदेश सरकार, संघिय सरकार, विभिन्न गैरसरकारी संघ संस्थाहरु संग पनि समन्वय र सहकार्य भईरहेको समेत अध्यक्ष उपाध्यायले बताए । गाउँपालिकाले पहिलो चरणमा १ सय २० वटा अस्थायी टहरा पुस महिना भित्र निमार्ण गर्नेे लक्ष्य रहेको समेत बताए ।
पुर्बिचौकी गाउँपालिका ३ गैरागाउँका भूकम्प पिडीतहरुले आबास निमार्ण गरिदिन सबैलाई आग्रह गरेका छन् ।
भूकम्पमा परि तिन परिवार गुमाएका पदम सिंह बोहराले पनि आबास पहिलो आवश्यकता भएको बताए । उनले भने हाम्रा आश्यकता धेरैछन्, म संग केही छैन, लुगाकपडा, खाद्यान्न त विभिन्न संघ संस्था पालिकाले दिईरहेको छ तर त्यो भन्दा पनि मुख्य आवश्यकता भनेको बस्नको लागि घर हो, न परिवार छ, न घर छ, बेबारीसे जस्तै जिन्दगी, पिडा नै पिडामा बाचेको छु । कात्तिक २२ गते गएको भूकम्पमा पदमले एक श्रीमती, एक छोरा र एक छोरी गुमाएका थिए । हाल उनि संग ६६ वर्षकी आमा र ११ वर्षकी छोरी मात्र छन् ।
उनि मात्र होईनन् अर्का भूकम्प पिडीत सोही गाउँकी बर्ष ६४ की भगु देबी बोहराको पनि उही आवश्यकता छ, घर निमार्ण । उनि भन्छिन् त्रिपालको बास छ, चिसो समय सुरु भईसक्यो, मरिन्छ की बाचिन्छ, थाहा छैन, अन्नपात नभए अरु गाउँले आफन्तहरु संग सापट गर्न सकियो घरै छैन् के गर्नु कहाँ जानु । आखा भरी आशु झार्दै उनि भन्छिन् भूकम्पमा म पनि गईदिएको भए आराम हुन्थ्यो यस्ता दुःख भोग्नु भन्दा ।
उनि मात्र होईन्न् त्रिपालमुनि बास बसेका सबै भूकम्प पिडीतको चिन्ता के खाउ केलाउ भन्दा पनि हिउदको चिसो कसरी छिचोल्ने मात्र छ । त्यसैले भूकम्प पिडीतहरुले सरोकारवाला निकाएलाई छीटोभन्दा छीटो पुर्ननिर्माणको लागि पहल गरिदिन आग्रह गरेका छन् ।
गृह मन्त्रालय र राष्ट्रिय बिपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको प्राबिधीक टोली यसै साता डोटी आउने राष्ट्रिय बिपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणका प्रबत्ता डा. डिजन भट्टराईले बताएका छन् ।
उनले भने प्राधिकरणको टोली पहिलेनै डोटी आउने भनेको तर प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्यहरुको निर्वाचनको कारणले गर्दा केही ढिलाई भएको हो सम्भवत टोली भोली नै डोटीको लागि हिन्छ । प्राबिधीक टोलीले स्थलगत निरिक्षण पश्चात मात्र के कती घरमा क्षती पुगेको छ, सम्पूर्ण रुपमा अध्ययन गरी, स्टेमेट तयार गरि के कती नयाँ घर निमार्ण गर्नुपर्ने अनि योजना र आवश्यक बजेट ब्यवस्थापन पछी मात्र कहीले सम्म पुर्ननिर्माण गर्न सकिन्छ भन्न सकिने बताए ।
डोटीमा गएको भूकम्पले डोटी लगाएत बझाङमा पनि क्षती भएकोले टोली सबै ठाउँमा जादाँ, रिपोट तयार गर्दा १,२ महिना समय लाग्ने र त्यसपछी स्थायी पुर्ननिर्माणको लागि पहल गरिने बताए । अस्थायी आबास निमार्णको लागि जिल्ला प्रशासन मार्फत तत्कालै प्रति घरपरिवारलाई ५० हजारका दरले सहयोग गर्न सकिने समेत प्रबत्ता भट्टराईले बताए ।
२०७९कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी गाउँपालिका वडा नम्बर ३ मा दर्जनौ घर भत्किनुका साथै ६ जनाको ज्यान गएको थियो भने ७ जना घाईते भएका थिए । उत्त क्षेत्रमा अहिले विभिन्न दातृ निकाए, गैरसरकारी संघ संस्थाहरुले विभिन्न प्रकारको सहयोग गर्दै आईरहेको छ ।
नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताउनुभएको छ । Advertisement नेकपा (माओवादी केन्द्र) म्याग्दीले बुधबार...
Advertisement म्याग्दीको बेनीमा यही कात्तिक २० गते म्याग्दी म्युजिक इभेन्ट हुने भएको छ । बेनीको एभरग्रिन युथ क्लवले खुल्ला मञ्चमा...
मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा स्थापना भएको अध्यागमन कार्यालय र चेनुङमा शसस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टको भवन...