२०८३ श्रावण ११
July 27, 2026, Monday

बाजुरामा हत्या गरिएका अयडीको नौ दिनपछि दाहसंस्कार

गत मंसिर ४ गते हत्या गरिएका नेकपा एमालेनिकट अनेरास्ववियुका नेता चेतन अयडीको नौ दिनपछि दाहसंस्कार गरिएको छ।

Advertisement

एमाले बाजुराले सोमबार बिहान अयडी शव अन्तिम श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखेको थियो। त्यहाँबाट शव यात्रा चलाइएको छ।

त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट मंसिर ४ गते राति ३२ वर्षीय अयडीको ज्यान गएको थियो।

विवाद हुँदा कुटपिटबाट घाइते भएका अयडी उपचारका लागि अछामको बयलपाटा अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

यो घटनामा उनका परिवारले हत्यामा २२ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। दोषीलाई कारवाही माग गर्दै एमाले बाजुर आन्दोलित छ। घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको जनाउँदै प्रहरीले अरुको खोजी भइरहेको उल्लेख गरेको छ।

बयलपाटा अस्पतालमा राखिएको अयडीको शव बाजुरा लगेर अन्तिम श्रद्धाञ्जली दिएपछि दाहसंस्कार गरिएको हो।

मतदानका क्रममा दिउँसो कांग्रेस कार्यकर्तासँग विवाद भएकाले उनीहरुले नै आक्रमण गरेको बताइएको थियो। मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच फर्जी मतको विषयमा विवाद भएको थियो।

दुई पक्षले मतपेटिका खोसाखोस गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर २३ वर्षीय युवक सञ्जीव ऐडीको ज्यान गएको थियो।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP