काठमाडौं- निर्वाचित भएर आउने प्रतिनिधि सभा सदस्यले पारिश्रमीकका अलावा एक जना स्वकिय सचिव राख्न पाउने व्यवस्था रहेको छ । स्वकिय सचिवले राजपत्राङ्कित तृतीय श्रेणीको सेवासुविधाका साथै अतिरिक्त मासिक १ हजार रुपैयाँ भत्ता पाउने व्यवस्था छ ।
निर्वाचित सदस्यले ३ हजार सञ्चारसुविधा, आवास सुविधा १८ हजार यदी काठमाडौं उपत्यकामा नै घर भएको खण्डमा मर्मतसम्भारका लागि मासिक ९ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ ।
त्यस्तै फर्निचर व्यवस्थापनका लागि निर्वाचित भएको बेलामा १५ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ भने धारा, बिजुली, पानीका नाममा मासिक २ हजार, मासिक १ हजार अतिथि सत्कारका लागि पाउने व्यवस्था रहेको छ । यस्तै, बैठकमा उपस्थित भए बापत यातायात खर्च १ हजार रुपैयाँ र बैठक भत्ता भनेर १ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ ।
एकैदिन समितिको बैठक र सभाको बैठक भएको खण्डमा भने कुनै एकको मात्रै सुविधा पाउने व्यवस्था छ ।
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...