Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

सुदूरपश्चिम सरकार कांग्रेसकै नेतृत्वमा बन्छ : देउवा

कैलाली- नेपाली कांग्रेसका नेता प्रकाशबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा सुदूरपश्चिम प्रदेशको सरकार बन्ने बताएका छन्।

Advertisement

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपरिणाम अनुसार कांग्रेस प्रदेशमा सबैभन्दा ठूलो दल रहेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने उनले बताएका हुन् ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव समे रहिसकेका देउवा प्रदेशसभा सदस्यतर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट निर्वाचित भएका थिए । देउवा ९ हजार ५९१ मतसहित विजयी ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत ल्याएका थिए ।

सुदूरपश्चिम प्रदेशसभाका प्रत्यक्षतर्फ ३२ मध्ये ३० निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । बाजुरामा मतगणना जारी छ । ३० मध्ये हालसम्म नेपाली कांग्रेसले ११ सिट जित्दै पहिलो स्थानमा छ ।

‘प्रत्यक्षतर्फकै पूर्ण नतिजा र समानुपातिकको नतिजा आउँन बाँकी छ । सबै आएपछि कसको स्थान के हुन्छ? भन्ने थाहा हुन्छ,’ देउवाले धनगढीखबरसँग भने, ‘प्रदेशसभामा ठूलो पार्टी कांग्रेस भएकाले कांग्रेसकै नेतृत्वमा सुदूरपश्चिम सरकार बन्छ ।’

प्रकाश देउवाले मुख्यमन्त्री कांग्रेसले पाउने दाबी गरेपनि कार्तिक तेस्रो साता डडेल्धुराको जोगबुढामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भने अबको मुख्यमन्त्री माओवादीका खगराज भट्ट भएको उद्घोष गरेका थिए ।

‘अबको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्ट नै हो । मेरो पार्टीले भनिहाल्यो, अबको उनी नै हुन् । तपाईँहरू जिताएर पठाउनुहोस्,’ प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भनेका थिए ।

यसअघिका निर्वाचनमा भट्ट देउवालाई प्रतिस्पर्धा गर्दै प्रतिनिधिसभा चुनाव लड्दै आएका थिए । यसपटक भने देउवालाई प्रतिनिधिसभामा छोड्दै आफू प्रदेशसभामा उठे । प्रमुख पार्टीबीच माओवादी प्रदेश इन्चार्ज समेत रहेका भट्टलाई मुख्यमन्त्री बनाउँने सहमतिका कारण उनलाई प्रदेशमा चुनाव लड्न लगाइएको पनि बताइन्छ ।

तर प्रकाश देउवा भने सुदूरपश्चिम सरकारको नेतृत्वबारे हालसम्म कुनैपनि पार्टीसँग कुनै छलफल नभएको र कसैले पनि नबोलेको दाबी गर्छन ।

‘कुनै पार्टीलाई नेतृत्व दिनेबारे हालसम्म केही छलफल भएको छैन । यसबारे कसैले पनि केही बोलेका छैनन्,’ प्रकाश देउवाले धनगढीखबरसँग भने ।

कांग्रेसले नेतृत्व पाए देउवालाई भावी मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव निर्प सुनार सुदूरपश्चिम प्रदेश सभा कांग्रेसको भागमा पर्यो र प्रकाश देउवाले चाहे भने उनलाई मुख्यमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने बताउँछन् ।

‘स्वभाविक रुपमा ठूलो दलको हैसियतमा कांग्रेसको दाबी रहन्छ,’ सुनारले धनगढीखबरसँग भने, ‘तर गठबन्धन बनाएर अघि बढेकाले कुन प्रदेशको नेतृत्व कसले गर्ने दलले नै निर्णय गर्छ । यदि सुदूरपश्चिम कांग्रेसको भाग पर्यो र देउवा(प्रकाश)ले चाहानुभयो भने उहाँलाई कसले रोक्ला र?’

कांग्रेसको दलको नेताका रुपमा पनि देउवाको चर्चा सामाजिक सञ्जाल र पत्रपत्रिकामा सुरु भएपनि आन्तरिक रुपमा केही नभएको उनी बताउँछन् । पार्टीमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले प्रस्ताव ल्याउनुभयो भने प्रकाश देउवा नै मुख्यमन्त्री बन्ने सुनारले बताए ।

प्रकाश देउवा भने आफू मुख्यमन्त्रीका लागि तयार हुने वा नहुने भन्दा पनि सुरुमा पार्टीले दलको नेताका रुपमा आफूलाई चुन्नुपर्ने बताउँछन् ।

‘तयार हुने नहुने(मुख्यमन्त्रीका लागि) होइन । पार्टीको दलको नेता को चुन्ने हो त्यसका आधारमा हुन्छ,’ देउवाले भने, ‘मैले म हुन्छु भन्दा पनि पार्टीले दलको नेता कसलाई चुन्छ त्यो मुख्यमन्त्रीको उम्मेदवार हुन्छ ।’

डोटीबाट प्रदेशसभा चुनाव जितेका माओवादीका शिवसिंह ओली भने सुदूरपश्चिममा माओवादी पार्टीको उपस्थिति सशक्त भएको र प्रधानमन्त्री देउवाले पनि बोलेकाले अबको नेतृत्व माओवादीले पाउने दाबी गर्छन । यद्यपी नेतृत्व कसले पाउँने भन्ने विषय शीर्ष तहमा छिनोफानो हुने उनले बताए ।

‘नेतृत्व कसले पाउँने भन्ने विषय पार्टीको केन्द्रीय नेतृत्वको समझदारीले तय गर्ने हो । ७ मध्ये कुन प्रदेश कसले पाउने समझदारी माथि नै होला,’ ओलीले धनगढीखबरसँग भने, ‘प्रधानमन्त्री देउवाले पनि बोल्नुभएको र प्रदेशमा हाम्रो उपस्थितिपनि सशक्त देखिएकाले नेतृत्व हामीले पाउने सम्भावना बढी छ ।’

प्रदेशसभामा हालसम्म नेपाली कांग्रेसका ११, माओवादी केन्द्रका ८, नागरिक उन्मुक्ति पार्टीका ५, एमाले र एकिकृत समाजवादीका समान २–२ तथा एकजना स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP