२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकबाट चार जना मात्रै पुरुष छानिने

कैलाली- सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकबाट निर्वाचित हुने २१ मध्ये ४ जना मात्र पुरुष छानिने भएका छन्। २१ जना समानुपातिक प्रदेश सभा सदस्यमध्ये १७ जना महिलालाई राजनीतिक दलहरुले छनौट गर्नैपर्ने भएको छ।

Advertisement

सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलबाट एक जना पनि महिला निर्वाचित नभएपछि ३३ प्रतिशत महिला पुर्‍याउन दलहरुले महिला छनौट गर्नैपर्ने अवस्था भएको हो।

Advertisement

सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन्। संविधानले ३३ प्रतिशत महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ। यस व्यवस्थाअनुसार सुदूरपश्चिम प्रदेश सभामा कम्तिमा १७ महिला हुनुपर्ने हुन्छ।

सुदूपश्चिम प्रदेशमा प्रदेश सभामा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर महिलाहरु आउन नसकेपछि सबै दलहरुले समानुपातिक सूचीबाट ३३ प्रतिशत महिला प्रदेश सभामा सहभागिता गराउनुपर्ने हुन्छ।

निर्वाचन आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख प्रेम राज भट्टले प्रदेश सभामा प्रत्यक्षतर्फ महिलाहरु निर्वाचित नभएकोले दलहरुले गरेको महिला सहभागिताको व्यवस्था समानुपातिक सूचीबाट पूरा गर्नुपर्ने अवस्था रहेको बताए।

सुदूरपश्चिम प्रदेश सभाका लागि भएको निर्वाचनमा बाजुराबाहेकका ८ जिल्लाबाट २८ प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन्। ती निर्वाचित सबै पुरुष रहेका छन्।

निर्वाचन कानुनमा सुदूरपश्चिम प्रदेशमा खस आर्य ६० प्रतिशत, आदिवासी जनजाति तीन दशमलव ६ प्रतिशत, थारु १७ प्रतिशत, दलित १७ प्रतिशत, मधेशी १ दशमलव ६४ प्रतिशत, अल्पसंख्यक २ दशमलव ३७ प्रतिशत, पिछडिएको क्षेत्र १२ दशमलव ७८ प्रतिशत हुनुपर्ने व्यवस्था छ।

यी सबै क्षेत्रको सहभागिता गराउँदा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने कानुनी व्यवस्था छ।

सुदूरपश्चिम प्रदेश सभाको मंसिर ४ मा भएको निर्वाचनमा हालसम्म नेपाली कांग्रेसबाट ११ जना, नेकपा माओवादी केन्द्रबाट ८ जना, नागरिक उन्मुक्ति पार्टीबाट ५ जना, नेकपा एमालेबाट ३ जना, नेकपा एकीकृत समाजवादीबाट २ जना र स्वतन्त्र एक जना निर्वाचित भएका छन्।

बाजुराबाट दुई प्रदेश सभा सदस्य निर्वाचित हुन बाँकी नै छ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ मंसिर १४, बुधबार १७:१९

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ मंसिर १४, बुधबार १७:१९

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ मंसिर १४, बुधबार १७:१९

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP