Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकबाट चार जना मात्रै पुरुष छानिने

कैलाली- सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकबाट निर्वाचित हुने २१ मध्ये ४ जना मात्र पुरुष छानिने भएका छन्। २१ जना समानुपातिक प्रदेश सभा सदस्यमध्ये १७ जना महिलालाई राजनीतिक दलहरुले छनौट गर्नैपर्ने भएको छ।

Advertisement

सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलबाट एक जना पनि महिला निर्वाचित नभएपछि ३३ प्रतिशत महिला पुर्‍याउन दलहरुले महिला छनौट गर्नैपर्ने अवस्था भएको हो।

Advertisement

सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन्। संविधानले ३३ प्रतिशत महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ। यस व्यवस्थाअनुसार सुदूरपश्चिम प्रदेश सभामा कम्तिमा १७ महिला हुनुपर्ने हुन्छ।

सुदूपश्चिम प्रदेशमा प्रदेश सभामा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर महिलाहरु आउन नसकेपछि सबै दलहरुले समानुपातिक सूचीबाट ३३ प्रतिशत महिला प्रदेश सभामा सहभागिता गराउनुपर्ने हुन्छ।

निर्वाचन आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख प्रेम राज भट्टले प्रदेश सभामा प्रत्यक्षतर्फ महिलाहरु निर्वाचित नभएकोले दलहरुले गरेको महिला सहभागिताको व्यवस्था समानुपातिक सूचीबाट पूरा गर्नुपर्ने अवस्था रहेको बताए।

सुदूरपश्चिम प्रदेश सभाका लागि भएको निर्वाचनमा बाजुराबाहेकका ८ जिल्लाबाट २८ प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन्। ती निर्वाचित सबै पुरुष रहेका छन्।

निर्वाचन कानुनमा सुदूरपश्चिम प्रदेशमा खस आर्य ६० प्रतिशत, आदिवासी जनजाति तीन दशमलव ६ प्रतिशत, थारु १७ प्रतिशत, दलित १७ प्रतिशत, मधेशी १ दशमलव ६४ प्रतिशत, अल्पसंख्यक २ दशमलव ३७ प्रतिशत, पिछडिएको क्षेत्र १२ दशमलव ७८ प्रतिशत हुनुपर्ने व्यवस्था छ।

यी सबै क्षेत्रको सहभागिता गराउँदा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने कानुनी व्यवस्था छ।

सुदूरपश्चिम प्रदेश सभाको मंसिर ४ मा भएको निर्वाचनमा हालसम्म नेपाली कांग्रेसबाट ११ जना, नेकपा माओवादी केन्द्रबाट ८ जना, नागरिक उन्मुक्ति पार्टीबाट ५ जना, नेकपा एमालेबाट ३ जना, नेकपा एकीकृत समाजवादीबाट २ जना र स्वतन्त्र एक जना निर्वाचित भएका छन्।

बाजुराबाट दुई प्रदेश सभा सदस्य निर्वाचित हुन बाँकी नै छ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP