२०८३ आश्विन १
September 17, 2026, Thursday

प्रतिनिधिसभातर्फ १६२ क्षेत्रको नतिजा सार्वजनिक, कसले कहाँ जिते (सूचीसहित)

दिपायल- मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

Advertisement

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १६२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अब बाँकी तीनमध्ये एक क्षेत्रमा मतगणना जारी छ । दुई क्षेत्रमा मतगणना नै सुरु भएको छैन ।

त्यसमध्ये नेपाली कांग्रेसका उमेदवार ५५ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले)का उमेदवार ४४ क्षेत्रबाट निर्वाचित भइसकेका छन् । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)का उमेदवारले १७ क्षेत्रमा जितेका छन् । नेकपा (एककीकृत समाजवादी)का उमेदवार १० क्षेत्रबाट निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले समान सातरसात क्षेत्रमा जित हासिल गरेका छन् ।

लोकतान्त्रिक समाजवादी (लोसपा)का उमेदवारले चार, नागरिक उन्मुक्ति पार्टीका उमेदवारले तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका उमेदवारले एकरएक क्षेत्रमा जितेका छन् । पाँच क्षेत्रबाट स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । त्यहाँ नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङको अग्रता कायम छ । उनले चार हजार ५९० मत पाएका छन् । दोस्रो स्थानमा रहेकी नेकपा (एमाले)की पद्मा अर्यालले तीन हजार ४५५ मत ल्याएकी छन् ।

दोलखा-१ का १० मतदान केन्द्रमा आज पुनः मतदान भएको छ । बाजुरामा अझै मतगणना सुरु भएको छैन । त्यहाँ ठूलो विवाद छ ।

कहाँ कसले जिते ?
नेपाली कांग्रेस
१.मुस्ताङ – योगेश गौचन
२.मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं–१ – प्रकाशमान सिंह
४.काठमाडौं–३ – सन्तोष चालिसे,
५. काठमाडौं–४ – गगनकुमार थापा
६. काठमाडौं–५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर–१ – उदयशमशेर जबरा
९. तनहुँ–२ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं–१० – राजेन्द्र कुमार केसी
१२. पर्सा–४ – रमेशकुमार रिजाल
१३. सुर्खेत–२ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा–१ – विश्वप्रकाश शर्मा
१६. पर्सा–१ – अजयकुमार चौरसिया
१७. गोरखा–१ – राजेन्द्र बजगाईं
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम–२ – पुष्पबहादुर शाह
२०. कैलाली–४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर–३ – रमेश लेखक
२३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
२४. दैलेख–२ – दिक्पालकुमार शाही
२५. कञ्चनपुर–२ – एनपी साउद
२६. तनहुँ–१ – रामचन्द्र पौडेल
२७. बाँके–३ – किशोरसिंह राठौर
२८. नवलपुर–१ – शशांक कोइराला
२९. धादिङ–२ – रामनाथ अधिकारी
३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे
३२. सप्तरी–३ – दिनेशकुमार यादव
३३. नवलपुर–२ – विष्णुकुमार कार्की
३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का
३५. बर्दिया–२ – सञ्जय गौतम
३६. दाङ–३ – दीपक गिरी
३७. नवलपरासी–१ – विनोद चौधरी
३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
३९. धनुषा–२ – रामकृष्ण यादव
४०.स्याङ्जा–१ – राजु थापा
४१. गुल्मी–१ – चन्द्र भण्डारी
४२. मोरङ–६ – डा. शेखर कोइराला
४३. मोरङ–३ – डा. सुनील शर्मा
४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
४५. संखुवासभा – दीपक खड्का
४६. तेह्रथुम – सीता गुरुङ
४७. कैलाली–५ – डिल्लीराम पन्त
४८. सप्तरी–४ – तेजुलाल चौधरी
४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी
५०. मुगु – ऐनबहादुर शाही
५१. मोरङ–१ – डिगबहादुर लिम्बू
५२. रामेछाप – पूर्णबहादुर तामाङ
५३. महोत्तरी–४ – महेन्द्रकुमार राय
५४. उदयपुर–१ – डा.नारायण खड्का
५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की

नेकपा (एमाले)
१. उदयपुर–२ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर–२ – प्रेमबहादुर महर्जन
४. गुल्मी–२ – गोकर्ण विष्ट
५. झापा–२ – देवराज घिमिरे
६. झापा–५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा–३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर–२ – महेशकुमार बर्तौला
१२. कास्की–२ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५. रुपन्देही–५ – वासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८. झापा–४ – एलपी साँवा लिम्बू
१९. सिरहा–१ – रामशंकर यादव
२०. बाँके–१ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु–१ – बलराम अधिकारी
२३. कञ्चनपुर–१ – तारा लामा तामाङ
२४. पाँचथर – वसन्तकुमार नेम्वाङ
२५. कास्की–३ – दामोदर पौडेल
२६.सर्लाही–३ – हरिप्रसाद उप्रेती
२७. मोरङ–२ – ऋषिकेश पोखरेल
२८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता
२९. रुपन्देही–१ – छविलाल विश्वकर्मा
३०. रुपन्देही–२ – विष्णु पौडेल
३१. पाल्पा–१ – नारायण आचार्य
३२. कास्की–१ – मनबहादुर गुरुङ
३३. काभ्रे–२ – गोकुल बाँस्कोटा
३४. बारा–३ – ज्वालाकुमारी शाह
३५. बारा–१ – अच्युत मैनाली
३६. पाल्पा–२ – ठाकुर गैरे
३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ
३८. धनुषा–३ – जुलीकुमारी महतो
३९. सुनसरी–२ – भीम आचार्य
४०. इलाम–२ – सुवास नेम्वाङ
४१. महोत्तरी–१ – लक्ष्मी महतो
४२. इलाम–१ – महेश बस्नेत
४३. धनुषा–४ – रघुवीर महासेठ
४४. सुनसरी–३ – भगवती चौधरी

नेकपा (माओवादी केन्द्र)
१. सिन्धुली–२ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
३.बागलुङ–२ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ–२ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा
१०. खोटाङ – रामकुमार राई
११. भोजपुर – सुदन किराँती
१२.मोरङ–४ – अमनलाल मोदी
१३. हुम्ला – कार्जेन लामा
१४. नुवाकोट–१ – हितबहादुर तामाङ
१५. खोटाङ – रामकुमार राई
१६. काभ्रे–१ – सूर्यमान तामाङ
१७. सर्लाही–२ – महिन्द्र राय यादव

नेकपा (एकीकृत समाजवादी)
१. अछाम–१ – शेरबहादुर कुँवर
२. बारा–४ – कृष्णकुमार श्रेष्ठ
३. दैलेख–१ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट–१ – माधवकुमार नेपाल
८. डोल्पा – धनबहादुर बुढा
९. धादिङ–१ – राजेन्द्र पाण्डे
१०. दाङ–१ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं–७ – गणेश पराजुली
२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं–२ – सोबिता गौतम
४. काठमाडौं–६ – शिशिर खनाल
५. ललितपुर–३ – तोसिमा कार्की
६. चितवन–२ – रवि लामिछाने
७. चितवन–१ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१.बाँके–२ – धवलशमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर–१ – दीपकबहादुर सिंह
४. झापा–३ – राजेन्द्र लिङ्देन
५. चितवन–३ – विक्रम पाण्डे
६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान
७.रुपन्देही–३ – दीपक बोहरा

जनता समाजवादी पार्टी, नेपाल
१. पर्सा–१ – प्रदीप यादव
२. सप्तरी–१ – नवलकिशोर साह
३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो
४. सिरहा–२ – राजकिशोर यादव
५. बारा–२ – रामसहायप्रसाद यादव
६. धनुषा–१ – दीपक कार्की
७. सुनसरी–१ – अशोक राई

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
२. सर्लाही–१ – रामप्रकाश चौधरी
३. महोत्तरी–२ – शरतसिंह भण्डारी
४. महोत्तरी–३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली–३ – गंगाराम चौधरी
२. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी
३. कैलाली–२ – अरुणकुमार चौधरी

जनमत पार्टी
१. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत

राष्ट्रिय जनमोर्चा
१. बागलुङ–१ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी
१. भक्तपुर–१ – प्रेम सुवाल

स्वतन्त्र
१. बर्दिया–२ – लालवीर चौधरी
२. सर्लाही–४ – अमरेशकुमार सिंह
३. मोरङ–५ – योगी मण्डल
४. रौतहट–३ – प्रभु साह
५. रौतहट–२ – किरण साह

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP