२०८२ असार १
June 15, 2025, Sunday
एड्स दिवस

डोटीका ४९२ जनामा एचआईभी एड्स संक्रमण, २१७ जनाको मृत्यु

दिपायल- डोटीका ४ सय ९२ जनामा एचआईभी संक्रमण देखिएको छ । पछिल्लो एक वर्षमा जिल्लाका १४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ४ सय ९२ पुगेको हो ।

Advertisement

जिल्ला अस्पातलले दिएको जानकारी अनुसार हालसम्म संक्रमण पुष्टि भएका दुई सय १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक सय ४५ पुरुष र ७२ महिला रहेका छन् । जिल्लामा वार्षिक १० देखि १६ जनाको दरले संक्रमण बढ्दै गएको छ ।

Advertisement

संक्रमित हुनेमा महिलाहरुको संख्या बढी रहेको जिल्ला अस्पतालका एआरटी काउन्सिलर सर्मिला मलासीले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला २९५ जना महिला र १९७ जना पुरुषमा संक्रमण देखिएको उहाँले बताउनु भयो । “पुरुषहरु कामका लागि वर्षेनी भारत जानेआउने गर्नुहुन्छ,“उहाँले भन्नु भयो,“नेपाल आएर स्वास्थ्य चेकजाँच गर्नु हुँदैन, केहीले रोग लुकाउनु हुन्छ । श्रीमानबाट संक्रमण सरेर स्वास्थ्यमा समस्या आएपछि महिलाहरु चेकजाँचका लागि बढी आउनु हुन्छ । त्यसकारण पनि महिला संक्रमितको संख्या वृद्धि भएको हो ।”

हालसम्मको तथ्याङ्क अनुसार एक सय १० जना संक्रमित जिल्लाबाट बसाइसराई गरेर अन्यत्र जानु भएको छ भने ७० जना संक्रमित सम्पर्क विहिन हुनु भएको छ । २० देखि ४५ वर्ष उमेर समुहका व्यक्तिहरुमा एचआईभीको संक्रमण बढी देखिने गरेको छ ।

जिल्लाको तथ्याङ्क अनुसार ६ देखि १८ वर्ष मुनीका ३३ जना बालबालिकाहरुमा पनि संक्रमण देखिएको छ । १४ बालक र १९ बालिकाहरुमा संक्रमण देखिएको हो । डोटीबाट मजदुरीका लागि भारत जानेको संख्या धेरै छ । भारत जाने पुरुषहरुले त्यहाँ असुरक्षित यौन सम्पर्क गर्दा संक्रमित भई घर आउदा श्रीमती र जन्मने बच्चामा पनि एचआईभिको संक्रमण फैलने गरेको जिल्ला एड्स समन्वय समितिले जनाएको छ ।

सुरुमा एचआईभी एड्स संक्रमणको चेकजाँच जिल्ला अस्पतालमा मात्रै हुने गरेको थियो । अहिले सो रोगको चेकजाँच अन्य अस्पतालहरुमा पनि हुने गरेको र औषधी खरिद गरेर सेवन गर्न सकिने भएकाले जिल्ला अस्पतालको तथ्याङ्क बाहिर पनि धेरै संक्रमित रहेको जिल्ला एड्स समन्वय समितिले जनाएको छ । डोटीमा सिरिन्जको प्रयोग नहुने भएकाले असुरक्षित यौन सम्पर्ककै कारण संक्रमण बृद्धि हुँदै गएको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सबै भन्दा बढी एक सय ५८ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय सायल र केआइसिंह गाउँपालिकामा पनि संक्रमण दर बृद्धि हुँदै गएको एआरटी काउन्सिलर मलासीले बताउनु भयो । अस्पतालको सम्पर्कमा आएका संक्रमितहरुलाई निःशुल्क चेकजाँच गर्नुका साथै औषधि वितरण गरिदै आएको उहाँले बताउनु भयो ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ मंसिर १५, बिहीबार १८:१३

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ मंसिर १५, बिहीबार १८:१३

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ मंसिर १५, बिहीबार १८:१३

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP