Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday
एड्स दिवस

डोटीका ४९२ जनामा एचआईभी एड्स संक्रमण, २१७ जनाको मृत्यु

दिपायल- डोटीका ४ सय ९२ जनामा एचआईभी संक्रमण देखिएको छ । पछिल्लो एक वर्षमा जिल्लाका १४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ४ सय ९२ पुगेको हो ।

Advertisement

जिल्ला अस्पातलले दिएको जानकारी अनुसार हालसम्म संक्रमण पुष्टि भएका दुई सय १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक सय ४५ पुरुष र ७२ महिला रहेका छन् । जिल्लामा वार्षिक १० देखि १६ जनाको दरले संक्रमण बढ्दै गएको छ ।

Advertisement

संक्रमित हुनेमा महिलाहरुको संख्या बढी रहेको जिल्ला अस्पतालका एआरटी काउन्सिलर सर्मिला मलासीले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला २९५ जना महिला र १९७ जना पुरुषमा संक्रमण देखिएको उहाँले बताउनु भयो । “पुरुषहरु कामका लागि वर्षेनी भारत जानेआउने गर्नुहुन्छ,“उहाँले भन्नु भयो,“नेपाल आएर स्वास्थ्य चेकजाँच गर्नु हुँदैन, केहीले रोग लुकाउनु हुन्छ । श्रीमानबाट संक्रमण सरेर स्वास्थ्यमा समस्या आएपछि महिलाहरु चेकजाँचका लागि बढी आउनु हुन्छ । त्यसकारण पनि महिला संक्रमितको संख्या वृद्धि भएको हो ।”

हालसम्मको तथ्याङ्क अनुसार एक सय १० जना संक्रमित जिल्लाबाट बसाइसराई गरेर अन्यत्र जानु भएको छ भने ७० जना संक्रमित सम्पर्क विहिन हुनु भएको छ । २० देखि ४५ वर्ष उमेर समुहका व्यक्तिहरुमा एचआईभीको संक्रमण बढी देखिने गरेको छ ।

जिल्लाको तथ्याङ्क अनुसार ६ देखि १८ वर्ष मुनीका ३३ जना बालबालिकाहरुमा पनि संक्रमण देखिएको छ । १४ बालक र १९ बालिकाहरुमा संक्रमण देखिएको हो । डोटीबाट मजदुरीका लागि भारत जानेको संख्या धेरै छ । भारत जाने पुरुषहरुले त्यहाँ असुरक्षित यौन सम्पर्क गर्दा संक्रमित भई घर आउदा श्रीमती र जन्मने बच्चामा पनि एचआईभिको संक्रमण फैलने गरेको जिल्ला एड्स समन्वय समितिले जनाएको छ ।

सुरुमा एचआईभी एड्स संक्रमणको चेकजाँच जिल्ला अस्पतालमा मात्रै हुने गरेको थियो । अहिले सो रोगको चेकजाँच अन्य अस्पतालहरुमा पनि हुने गरेको र औषधी खरिद गरेर सेवन गर्न सकिने भएकाले जिल्ला अस्पतालको तथ्याङ्क बाहिर पनि धेरै संक्रमित रहेको जिल्ला एड्स समन्वय समितिले जनाएको छ । डोटीमा सिरिन्जको प्रयोग नहुने भएकाले असुरक्षित यौन सम्पर्ककै कारण संक्रमण बृद्धि हुँदै गएको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सबै भन्दा बढी एक सय ५८ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय सायल र केआइसिंह गाउँपालिकामा पनि संक्रमण दर बृद्धि हुँदै गएको एआरटी काउन्सिलर मलासीले बताउनु भयो । अस्पतालको सम्पर्कमा आएका संक्रमितहरुलाई निःशुल्क चेकजाँच गर्नुका साथै औषधि वितरण गरिदै आएको उहाँले बताउनु भयो ।

Related News

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
  • २०८३ आश्विन ८, बिहीबार १४:०६

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडक आज बिहिबारदेखि आइतबारसम्म रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।...

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
  • २०८३ आश्विन ८, बिहीबार १३:५२

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ...

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

TOP