Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

धनगढीमा निषेधाज्ञाकाे उल्लंघन गर्दै विद्यार्थीकाे प्रदर्शन

धनगढी- जिल्ला प्रशासन कार्यालय, कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेकाे छ। बिहीबार साँझ ७ बजेदेखि अर्काे आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। तर विद्यार्थीहरूले निषेधाज्ञाकाे उल्लंघन गर्दै अहिले धनगढी बजारमा प्रदर्शन गरिरहेका छन्।

Advertisement

जिल्ला प्रशासन कार्यालय, कैलालीले एक सूचना प्रकाशित गरी धनगढीलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाएकाे छ।

Advertisement

धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि तनाव भएको थियो। विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध गरेका थिए भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

बिहीवार धनगढी उपमहानगरपालिका-५ तारानगरकी चेतना साउँदको हसनपुर पिपलचौतारा नजिक ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै गर्दा ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साउँदको शव सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

Related News

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
  • २०८३ आश्विन ८, बिहीबार १४:०६

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडक आज बिहिबारदेखि आइतबारसम्म रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।...

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
  • २०८३ आश्विन ८, बिहीबार १३:५२

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ...

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

TOP