
धनगढी- जिल्ला प्रशासन कार्यालय, कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेकाे छ। बिहीबार साँझ ७ बजेदेखि अर्काे आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। तर विद्यार्थीहरूले निषेधाज्ञाकाे उल्लंघन गर्दै अहिले धनगढी बजारमा प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालय, कैलालीले एक सूचना प्रकाशित गरी धनगढीलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाएकाे छ।
धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि तनाव भएको थियो। विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध गरेका थिए भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

बिहीवार धनगढी उपमहानगरपालिका-५ तारानगरकी चेतना साउँदको हसनपुर पिपलचौतारा नजिक ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै गर्दा ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साउँदको शव सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...