२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

३० हजार बढी मत प्राप्त गरेका २० जना उम्मेदवार पराजित भए

काठमाडौं- प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र) का तीन, नेकपा (एकीकृत समाजवादी) का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनु परेको छ ।

Advertisement

प्रदेश नं १ बाट पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले पराजित हुनुभयो । कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि झापा–३ मा ३७ हजार ३८६ मत प्राप्त गर्दा पनि पराजित हुनुभयो ।

Advertisement

मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार ९४०, सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार छ सय, सुनसरी–४ मा नेकपा (एमाले)का जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे पनि विजयी हुन सक्नुभएन ।

त्यस्तै, मधेश प्रदेशबाट सर्लाही–३ मा नेकपा (माओवादी केन्द्र)का नरेन्द्र साह कलवारले ३२ हजार १६८ र बारा–१ मा कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त हुँदा पनि पराजित हुनुभयो ।

बागमती प्रदेशमा रामेछाप–१ मा एमालेका कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७३० मत, काभ्रेपलाञ्चोक–१ मा एमालेका रेशमबहादुर लामाले ३० हजार ५४८ मत, काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईँले ३९ हजार ४८२ मत, मकवानपुर–२ मा नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले ३० हजार ४३२ मत प्राप्त भएर पनि पराजित हुनुभएको छ ।

गण्डकी प्रदेशबाट लमजुङ–१ मा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई ३१ हजार ७९१ मत, नवलपरासी बर्दघाट सुस्तापूर्व–२ मा एमालेका तिलबहादुर महत क्षेत्रीलाई ३४ हजार ११० मत पाएर पनि हार बेहोर्नुपर्‍यो ।

यस्तै, लुम्बिनी प्रदेशबाट गुल्मी–१ मा एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार १५२ मत, अर्घाखाँची–१ मा कांग्रेसकी पुष्पा भुसालले (गौतम) ४० हजार ९४५ मत, रुपन्देही–३ मा कांग्रेसका बालकृष्ण खाँणले ३४ हजार ३६, कपिलवस्तु–२ मा एमालेका बृजेशकुमार गुप्तले ३८ हजार ६९७ मत, प्युठान–१ मा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८१४ मत प्राप्त भए पनि पराजित हुनुभएको हो ।

कर्णाली प्रदेशमा सुर्खेत–१ मा एमालेका धुव्रकुमार शाहीलाई ३० हजार ९८८ मतदान भएर पराजित हुनुभएको हो । सुदूरपश्चिम प्रदेशमा बैतडी–१ मा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मत पाएर पनि पराजित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।रासस

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ मंसिर १७, शनिबार १८:२९

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ मंसिर १७, शनिबार १८:२९

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक
पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक
  • २०७९ मंसिर १७, शनिबार १८:२९

पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी...

TOP