२०८३ श्रावण १२
July 28, 2026, Tuesday

सुदूरपश्चिममा कांग्रेस ठूलो दल, एमाले तेस्रो शक्ति

कैलाली- सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । ३२ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षमा कांग्रेसले सबैभन्दा धेरै १२ सीट हात पारेको छ ।

Advertisement

त्यस्तै प्रत्यक्षतर्फ माओवादी केन्द्रले ८ निर्वाचन क्षेत्र जित्यो । नागरिक उन्मुक्ति पार्टी ५ क्षेत्रमा विजयी हुँदा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले समान ३/३ क्षेत्र जितेका छन् ।

सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र १ जना उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षतर्फको परिणामलाई मात्रै आधार मान्दा यहाँ कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र नागरिक उन्मुक्ति पार्टी तेस्रो दल बनेका छन् ।

एमाले र नेकपा एस चोथौं दलका रूपमा स्थापित भएका छन् । तर, समानुपातिक मतलाई समेत आधार मान्दा यहाँको शक्ति सन्तुलन हेरफेर हुनेछ । बाजुराबाहेकको समानुपातिक मत परिणाम सार्वजनिक भएको छ ।

बाजुराबाहेकको मत गणनाअनुसार एमाले सबैभन्दा अघि छ । २ लाख ४८ हजार ८४० मतसहित एमाले अघि हुँदा २ लाख ४३ हजार ३९ मतसहित कांग्रेस दोस्रो स्थानमा छ ।

यहाँ माओवादी केन्द्रको १ लाख १८ हजार ९०३, नागरिक उन्मुक्तिको ९८ हजार ५५४, राप्रपाको ४३ हजार ८०८ र एकीकृत समाजवादीको ४१ हजार ८३९ मत छ ।

यो मत परिणामअनुसार समानुपातिकतर्फ एमाले र कांग्रेसले समान ७/७ सांसद पाउनेछन् । त्यस्तै माओवादी केन्द्रले ३, नागरिक उन्मुक्तिले २, र एकीकृत समाजवादी तथा राप्रपाले १/१ समानुपातिक सांसद पाउने देखिएको छ ।

समानुपातिक र प्रत्यक्ष तर्फबाट १९ प्रदेश सांसदसहित कांग्रेस पहिलो दल बन्नेछ । माओवादी ११ सांसदसहित दोस्रो र एमाले १० सांसदसहित तेस्रो शक्ति बन्नेछन् । यहाँ नागरिक उन्मुक्ति पार्टी चौथो शक्ति हुनेछ । उसका ७ जना सांसद हुनेछन् । नेकपा एकीकृत समाजवादी ४ सांसदसहित पाँचौं र राप्रपा १ सांसदसहित छैटौं दल बन्ने भएको छ ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP