२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

दार्चुलाका नेपाली र धार्चुलाका भारतीय बीच ढुङ्गा हानाहान

Advertisement

दिपायल – दार्चुलास्थित नेपाल-भारत जोड्ने महाकाली पुल पारीका भारतीय नागरिक र वारीका नेपाली बीच ढुङ्गा हानाहान भएको छ । विवाद आएपछि बन्द रहेको पुल पनः संचालनमा आएको छ। आइतबार साँझ महाकाली नगरपालिका-४ पुलघाटमा करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान भएपछि पुल बन्द भएको थियो।

Advertisement

भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेको छ। सोही तटबन्ध निर्माणको नेपाली नागरिकहरुले विरोध गरेपछि विवाद भएको थियो। विवादका क्रममा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहार गरेका थिए।

प्रहरीका अनुसार अहिले दुई पक्षबीच वार्ता भइरहेको छ। वार्तापछि पुलबाट भने आवतजावत सुचारु भएको छ। महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ। भारतले पछिल्लो समय धमाधम तटबन्ध निर्माण गरिरहेको छ। नदीको सतह नै परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्नसक्ने भन्दै स्थानीय आन्दोलित बनेका छन्। भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउदै उनीहरुले आन्दोलन थालेका हुन्।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ मंसिर १८, आईतवार २०:३६

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ मंसिर १८, आईतवार २०:३६

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ मंसिर १८, आईतवार २०:३६

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP