२०८३ आश्विन १
September 17, 2026, Thursday

दिपायलमा पहाडी जिल्लाकै ठुलो खेलमैदान निर्माण हुँदै


दिपायल– डोटीमा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमध्यकै ठुलो खेल मैदान निर्माण हुने भएको छ । दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाको वडा नं. ३ स्थित दिल्पेश्वर मठ नजिक उक्त खेलमैदान निर्माणको काम अगाडि बढाएको छ ।

नगरपालिकाले मठको गुठी जमिनमा खेलमैदान निर्माण गर्न थालेको हो । ३० रोपनी क्षेत्रफलमा फैलिएको उक्त खेलमैदानको काम नगरपालिकाले आन्तरिक बजेटबाट खर्च हुने गरेर काम सुरु गरेको छ । विस्तारै सरकारका अन्य निकायहरुसँग समन्वय गरेर सुविधासम्पन्न खेलमैदान निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

३० रोपनी क्षेत्रफलमा निर्माण भैरहेको यो खेलमैदान सुदूरपश्चिम प्रदेशलाई लक्षित गरेर सुविधा सम्पन्न बनाउने नगर प्रमुख विजय खड्काले बताए । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा प्रदेश तथा राष्ट्रिय स्तरका खेलहरु खेलाउन मैदान निर्माण भएका छैनन्,“नगरप्रमुख खड्काले भने,“हामीले पूर्ण खेलमैदान बनाउने उद्येश्यले नगरको बजेटबाट काम अगाडि बढाएका छौं । सरकारका अन्य निकायहरुसँग पनि समन्वय गरेर ठुलो सुविधा सम्पन्न खेलमैदान बनाउने उद्येश्य सहित अगाडि बढेका छौं ।”

Advertisement

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP