२०८२ असार २
June 16, 2025, Monday

दिपायलमा पहाडी जिल्लाकै ठुलो खेलमैदान निर्माण हुँदै


दिपायल– डोटीमा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमध्यकै ठुलो खेल मैदान निर्माण हुने भएको छ । दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाको वडा नं. ३ स्थित दिल्पेश्वर मठ नजिक उक्त खेलमैदान निर्माणको काम अगाडि बढाएको छ ।

नगरपालिकाले मठको गुठी जमिनमा खेलमैदान निर्माण गर्न थालेको हो । ३० रोपनी क्षेत्रफलमा फैलिएको उक्त खेलमैदानको काम नगरपालिकाले आन्तरिक बजेटबाट खर्च हुने गरेर काम सुरु गरेको छ । विस्तारै सरकारका अन्य निकायहरुसँग समन्वय गरेर सुविधासम्पन्न खेलमैदान निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

३० रोपनी क्षेत्रफलमा निर्माण भैरहेको यो खेलमैदान सुदूरपश्चिम प्रदेशलाई लक्षित गरेर सुविधा सम्पन्न बनाउने नगर प्रमुख विजय खड्काले बताए । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा प्रदेश तथा राष्ट्रिय स्तरका खेलहरु खेलाउन मैदान निर्माण भएका छैनन्,“नगरप्रमुख खड्काले भने,“हामीले पूर्ण खेलमैदान बनाउने उद्येश्यले नगरको बजेटबाट काम अगाडि बढाएका छौं । सरकारका अन्य निकायहरुसँग पनि समन्वय गरेर ठुलो सुविधा सम्पन्न खेलमैदान बनाउने उद्येश्य सहित अगाडि बढेका छौं ।”

Advertisement

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ मंसिर २०, मंगलवार १५:४४

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ मंसिर २०, मंगलवार १५:४४

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ मंसिर २०, मंगलवार १५:४४

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP